Bisal Chautari Logo

भानु प्रतापको निर्देशनमा ‘नेपकिन’को टिजर सार्वजनिक (भिडियो सहित)

- २ श्रावण २०७२, शनिबार ०८:२२ मा प्रकाशित


NAPKIN Nepali Movie Teaser 2015
विशाल चौतारी समाचार
काठमाडौँ , २०७२ साउन २ शनिबार । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा धेरै सिनेमामा भिलेनको रोल गरेर चर्चा अनी सफल्ता कमाएका नाम हो भानु प्रताप । उनले अभिनय गरेको केही चलचित्र रिलिज भइसकेको छ भने, धेरै चलचित्र रिलिजको पार्खाइमा रहेको छ । तर यही बिचमा कलाकार भानु प्रतापले निर्देशन गरेको चलचित्र ‘नेपकिन’को टिजर सार्वजनिक गरिएको छ ।

NAPKIN Nepali Movie Teaser 2015
चे लवर्स पिक्चरको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘नेपकिन’ मा प्रदिप गिरी, बिनायक लामिछाने, रबिन थापा, राकेश केसी, अर्जुन भट्टराई, अनिता बस्नेत, देब श्रेष्ठ र रमेश थापाको अभिनय हेर्न सकिनेछ । भानु प्रतापको डाइरेक्सन, कथा पटकथा, संवाद रहेको चलचित्रलाई सुवास आइडुले खिचेका हुन् । यस चलचित्रको सम्पादन प्रज्वलित पराजुलीले गरेका हुन् भने, दन्द्ध भुपेन बनको रहेको छ ।
सत्य घटनामा आधारीत चलचित्रको विषय बस्तु अहिलेका युवापुस्ताको समस्या समेटिएको निर्देशक भानु प्रतापले बताए । निर्देशक भानुको यो तेस्रो डाइरेक्सन हो । यो भन्दा अगाडी एउटा १७ मिनेटको र दोस्रो ३५ मिनेको छोटा चलचित्र निर्देशन गरिसकेका छन् । र ‘नापकिन’ एक घण्टाको चलचित्र रहेको छ । टिजरलाई विशाल चौतारी डटकमबाट सार्वजनिक गरिएको छ ।
सधै छोटा चलचित्र मात्र निर्देशन गरिरहने भन्ने प्रश्नमा निर्देशक भानु प्रतापले भने –‘एकै चोटी ठुलो चलचित्रमा हात हाल्नु भन्दा पहिला सिकेर अनी अनुभन बटुलेर मात्र ठुलो चलचित्रमा हात हाल्ने सोच राखेर मैले छोटा चलचित्र निर्देशन गरेको हो ।’

प्रतिक्रिया