Bisal Chautari Logo

‘कोइ धन्दा छोटा इही होता, और धन्देसे बडा कोइ धर्म नही होता’ – साहरुखको ‘रइस’ टिजर

- २ श्रावण २०७२, शनिबार ०७:०० मा प्रकाशित


Raees Teaser Shah Rukh Khan
विशाल चौतारी समाचार
मुम्बई, २०७२ साउन २ शनिबार । सन् २०१६ को ईदमा प्रदर्शनमा आउने पक्का भएको बलिउड अभिनेता साहरुख खान अभिनित चलचित्र ‘रइस’को टिजर सार्वजनिक गरिएको छ । रेड चिल्ली इन्टरटेन्मेन्टले आफ्नो आधिकारिक युटुब च्यानलबाट टिजर सार्वजनिक गरेको हो ।

Raees Teaser  Shah Rukh Khan
साहरुख खानलाई नयाँ अवतारमा देखाइएको यो चलचित्रको टिजर प्रदर्शन हुनुभन्दा ठिक १ बर्ष अगाडि सार्वजनिक गरिएको छ । टिजरमा साहरुखको संवाद शैली र गेटअपले उनका करोडौ फ्यानमा उत्साह थपिदिएको छ । टिजरमा राखिएको ‘कोइ धन्दा छोटा इही होता, और धन्देसे बडा कोइ धर्म नही होता’ संवाद अहिले हिट भइरहेको छ ।
राहुल ढोलाकियाको निर्देशनमा तयार भएको यो चलचित्रमा साहरुख खान गुजराती डनको अवतारमा देखिएका छन् । चलचित्रको छायांकन अझै बाँकी छ । साहरुखले ट्विटरमा पोष्टर र टिजर सार्वजनिक गर्दै उत्साह व्यक्त गरेका छन् । चलचित्रमा फरहान अख्तार, नवाजिद्धिन सिद्धिकी र पाकिस्तानी कलाकार माहिरा खानको मुख्य भूमिका छ । चलचित्रलाई रितेश सिद्धवानी, गौरी खान र फरहान अख्तरले प्रोड्युस गरेका हुन् ।

Raees Teaser | Shah Rukh Khan I Nawazuddin Siddiqui I Mahira Khan | EID 2016
Release: EID 2016
Directed by: Rahul Dholakia
Produced by: Ritesh Sidhwani, Gauri Khan and Farhan Akhtar
Written by: Rahul Dholakia, Harit Mehta, Ashish Vashi and Niraj Shukla
Director Of Photography: K.U. Mohanan
Lyrics: Javed Akhtar
Music: Ram Sampath

प्रतिक्रिया