Bisal Chautari Logo

साफ च्याम्पियन्ससिप फुटबलको उद्घाटन खेलमा नेपाल बंगलादेशमाति जित हात पार्ने प्रयासमा

- १५ भाद्र २०७०, शनिबार ०८:३६ मा प्रकाशित


१५ भदौ, काठमाडौं । साफ च्याम्पियन्ससिप फुटबल आजबाट काठमाडौको दशरथ रंगशालामा सुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र बंगलादेश भिड्नेछन् । साँझ साढे ६ बजेपछि हुने खेलमा नेपाल बंगलादेशमाथि जित हात पार्दै विजयी सुरुवात गर्ने प्रयासमा हुनेछ ।
अहिलेसम्म भएको नेपाल र बंगलादेश विचको १५ खेलमा नेपालले ४ खेल मात्र जितेको छ भने १० खेल बंगलादेशले जित हात पारेको थियो भने एक खेल बराबरीमा सकिएको थियो । पछिल्लो पटक एएफसी च्यालेन्जकपमा भएको खेलमा  नेपालले २–० को हार व्यहारेको थियो । नेपालले घरेलु मैदानमा भएको साफमा उपाधि जित्ने लक्ष्य लिएको छ । नेपाल भारत, पाकिस्तान र बंगलादेशसहितको समूह ए मा रहेको छ ।

प्रतिक्रिया