Bisal Chautari Logo

डब मासबाटै छनौट भए बिबेक लिम्बु, ‘वीर बिक्रम’मा विशेष भुमिकामा

- २६ असार २०७२, शनिबार ०३:३९ मा प्रकाशित


BIR bikram movie Dubsmash mass from choice were BIBEK Limbu
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार २५ शुक्रबार । केही समय अगाडी चर्चित अनी सफल निर्देशक मिलन चाम्स्ले निर्देशन र प्रोड्युस गर्ने चलचित्र ‘वीर बिक्रम’को स्टार कास्ट सार्वजनिक गरिएको थियो । जसमा स्टारकास्टहरु दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा र दिया पुन अभिनेत्रीको रुपमा भित्रीने भएकी थिइन् ।

BIR bikram movie Dub mass from choice were BIBEK Limbu
अब चलचित्रको अन्य स्टारकास्टपनि थपिएको निर्माता तथा निर्देशक मिलन चाम्सले बताए । चलचित्र ‘वीर बिक्रम’बाट बिशेष भुमिकामा बिबेक लिम्बुपनि देखिने भएका छन् । निर्देशक चाम्सले पछिल्लो समय कलाकार बन्न चाहनेहरुका लागी हिट भइरहेको डब मासबाटै कलाकार बिबेक लिम्बुको अभिनय हेरेर चलचित्रमा छनौट गरेको बताए । उनका साथै शिशिर राणा र बसन्त भट्टपनि चलचित्रमा देखिने भएका छन् ।
एक्सन कमेडी र ड्रामा जेनेरामा बन्न लागेको चलचित्र ‘वीर बिक्रम’को स्टोरी यम थापाको रहेको छ, भने सिनेमाटोग्राफर राम केसी रहेका छन् । चलचित्रको म्युजिक तारा प्रकाश लिम्बु, कोरियोग्राफरमा रिनेशा बान्तावा राईको रहनेछ ।
चाम्स इन्टरटेन्मेन्टबाट बन्न लागेको चलचित्र ‘वीर बिक्रम’लाई निर्देशक चाम्सका साथमा को प्रोड्युसर अनिला राई, प्रिथिवि राज राई र शिव कुमार राई रहनेछन् । यस चलचित्रको सुटिङ यही भाद्र १ गतेदेखी सुरु गर्ने भएको निर्देशक चाम्सले बताए । चलचित्रको सुटिङ लोकेशन आउटसाइड भ्याल्लिमा ४५ दिनमा सक्ने प्लान रहेको छ ।

प्रतिक्रिया