Bisal Chautari Logo

भाई राई नविनको संगीतमा चलचित्रको गीत गाए राई इज किङले

- १८ असार २०७२, शुक्रबार १२:१० मा प्रकाशित


rai Navin music movies the song made a record rajesh payal rai
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार १८ शुक्रबार । बहुचर्चित गायक राजेश पायल राई जति साङ्गीतिक क्षेत्रमा चर्चित अनि सफल छन्, उतिनै राम्रो संगीत गर्ने स्रष्ठा राई नविन हुन् । गायक समेत रहेका राई नविन गायक राजेश पायल राईका कान्छा भाई हुन् । उनै भाईले संगीत गरेको एउटा गीत आज गायक राजेश पायल राईले रेकर्ड गरेका छन् ।

rai Navin music movies the song made a record rajesh payal rai
गायक राजेश पायल राईले हरेक दिन एक दुई वटा चलचित्रको गीत गाउनु नौलो कुरो भएन । तर आज गायक राईले भिन्नै किसिमको चलचित्रको गीत गाएका छन् । अकुष्टिक स्टुडियोमा चलचित्र ‘भुल्ने पो हो की’ बोलको गीत सहोदार आफ्नै भाई राई नविनको संगीतमा रेकर्ड गराएका छन् । अमेरीकामा ९० प्रतिसत सुटिङ भइसकेको उक्त चलचित्रलाई नयाँ निर्देशक अनिश थापाले निर्देशन गरेका छन्, भने क्यामेरा हिमग्याप टासी हुन् ।

rai Navin music movies the song made a record rajesh payal rai-1त्यस्तै चलचित्रमा अभिनेत्री प्रियंका कार्की मुख्य भुमिकामा रहेकी छिन् । चलचित्रमा प्रथम पटक राई नविनले संगीत दिएका हुन्, भने गायक राजेश पायल राई र अमृता लिम्बुको स्वर रहनेछ । यस गीतमा किरण माइकलको शब्द रहेको छ ।

प्रतिक्रिया