Bisal Chautari Logo

पत्रकार डिबी खड्को शब्दमा ‘हुन्यावाली जीवनसाथी’ सार्वजनिक

- १८ असार २०७२, शुक्रबार ०८:१२ मा प्रकाशित


db khadka lyrics Hune Wala Jeevan Sathi
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार १८ शुक्रबार । देउडा संस्कृतिमा आधारित गीत ‘हुन्यावाली जीवनसाथी’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पत्रकार समेत रहेका डिबी खड्काले लेखेको शब्दमा गायक विनोद बाजुराली र विष्णु माझीले स्वर भरेका छन् ।

db khadka lyrics Hune Wala Jeevan Sathi
सुदूर र मध्यपश्चिमका पर्व, जात्रा, समारोह लगायतका कार्यक्रममा गाउने गरिएको देउडा गीतमा प्रयोग हुने विम्ब र भाषाका कारण सबैले बुझ्न कठिन हुने गरेको परिप्रेक्ष्यमा नयाा पुस्ता र अन्य क्षेत्रका सर्वसाधारणलाई बुझाउने तरिकाले देउडा गीत तयार भएको गायक विनोदले बताए ।
‘देउडाको संगीत असाध्यै सुमधुर भए पनि गीत समयानुकूल नभएकाले त्यही क्षेत्रको नयाा पुस्ताले समेत देउडा सुन्न छाडेका थिए, यो गीतले फेरि देउडा संस्कृतिको विस्तार र संरक्षणमा सघाउनेछ,’ उनले भने ।
लोकदोहोरी गीत गायन र ‘एरेन्ज’मा जमेका गायक विनोद बाजुरालीले प्रत्येक वर्ष एउटा देउडा गीत बजारमा ल्याउादै आएका छन् । यसअघि ‘कर्णाली पुल’ भन्ने देउडा ल्याएका थिए । लोकगीतको म्युजिक भिडियोमा जमेका शंकर बीसीले उक्त गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् । गीतलाई सपना म्युजिक प्रालिले बजारमा ल्याएको हो ।

https://youtu.be/SFOyCeJ2-2Y

प्रतिक्रिया