Bisal Chautari Logo

कतारमा ‘रेशम फिलिली’को पिरतीको छाता ओढ्ने हो ?

- ९ असार २०७२, बुधबार १६:४३ मा प्रकाशित


resham filili movie Qatar release
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार ९ बुधबार । चलचित्र रिलिज भएकै भोलि पल्ट देशमा विनासकारी भूकम्प गएकाले बैशाख ११ गते सार्बजनिक प्रदर्शनमा आएको फिल्म ‘रेशम फिलिली’ अधिकांश दर्शकले हेर्न पाएनन् । यो प्रतिक्षित फिल्म पुन :प्रदर्शन हुने भएको छ । यद्यपी सो अगाबै फिल्मको कतारमा च्यारिटी शो गरिने भएको छ ।

resham filili movie Qatar release
आगामी जुलाई १८ र १९ अर्थात् साउन २ र ३ गते कतारको सनैया स्थित ग्राण्ड मल सिनेमामा च्यारिटी हुने तय भएको हो । कतारमा अनलाइन मिडिया संचालन गर्दै आएका निमा भुषालले फिल्मको च्यारिटी गर्न लागेका हुन् । नेपालको प्रदर्शन लगत्तै कतारमा च्यारिटी गर्ने तयारी रहे पनि देशमा गएको भूकम्पका कारण कतारमा मनोरंजनमा रम्न नसकिने भन्दै आयोजकले च्यारिटीलाई पोष्ट पोंड गरेका थिए ।
प्रणब जोशीको लेखन तथा निर्देशन रहेको फिल्म ‘रेशम फिलिली’को बैशाख १० गते बिहिबार साँझ कुमारी सिनेमाजमा भब्य प्िरमियर गरिएको थियो । प्िरमियरमा फिल्म युनिट सहित चलचित्रकर्मी र संचारकर्मीको उल्लेख्य सहभागीता थियो । २ घण्टा ३० मिनेट अबधिको फिल्म हेरेपछि सेलिब्रेटी तथा संचारकर्मीले राम्रो प्रतिकृया दिएका थिए ।
प्रिमियरको प्रतिकृयाका आधारमा फिल्मले ११ गते (इन्सियल) भारल हानेको थियो । भीमोसन पिक्चर्स र प्रिन्सेस मुभिजको संयुक्त ब्यानरमा माधब वाग्ले निमिर्त फिल्ममा बिनय श्रेष्ठ,कर्मा,मेनुका प्रधान मुख्य भूमिकामा छन् ।
कतार जाने युवाको सपना,मेनपावरको ठगि र फिल्मको हिरो हुन गरिने संघर्षको कथालाई फिल्मले बोल्छ । फिल्मको अन्त्यममा चचिर्त गीत ‘जाल’मा को सार्बजनिक भिडियो फुटेजलाई समेत समाबेश गरिएकाले फिल्ममा आकर्षण थपिएको छ । च्यारिटीका लागि अग्रिम बुकिंग खुल्ला गरिएको आयोजक निमा भुषालले जानकारी दिए ।

प्रतिक्रिया