Bisal Chautari Logo

निर्देशक सुर्दशनले ‘प्रेम गीत’का लागी नया हिरो खोजी गर्दै

- १७ जेष्ठ २०७२, आईतवार १२:४३ मा प्रकाशित


sudarshan thapa Prem geet for seeking a new actor 
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ जेष्ठ १७ आइतवार । फिल्म चंखे शंखे पंखे निर्माण गरेको यूनिटले नयाा हिरोको खोजी गरेको छ । भूकम्पका कारण चंखेको रिलिज मिति जेठ १ बाट कात्र्तिक ३ पुगेपछि सो यूनिटले नयाा फिल्म निर्माण गर्ने उद्देश्य सहित हिरोको खोजी गरेको हो ।

sudarshan thapa Prem geet for seeking a new actor
नया फिल्म पूर्ण रुपमा रोमान्टिक लभस्टोरी जनरको हुनेछ जहा पूजा शर्मा हिरोइन हुनेछिन् भने हिरो चाहि अडिसनबाट छानिने ब्यक्ति हुनेछ ।
गुडलुकिङ तथा अभिनय तथा नृत्य प्रति मोह बोकेका जो कोही ह्यान्डसम वा चकलेटी केटाहरुले आसुसेन फिल्मस प्रालिको अफिशियल ईमेल ठेगाना [email protected] मा आफ्नो प्रोफाईल र एक प्रति लेटेष्ट फोटो पठाउानु पर्ने बताईएको छ ।
भूकम्पका कारण विग्रिएको सामाजिक जनजिवन शान्त हुनासाथ फ्लोरमा जाने तयारीमा रहेका निर्देशक सुर्दशन थापाले हिरोको अभावले मात्र सुटिङ सुरु गर्ने डेट तय गर्न नसकिएको बताएका छन् । उनको दावी अनुसार प्रेम गीत त्यस्तो फिल्म बन्ने छ जुन फिल्मलाई हरेक माया गर्ने जोडीले आफ्नै फिल्म भन्नेछन्। दिईएको स्टेटमेन्ट अनुसार प्रेम गीतमा अभिनय गर्ने हिरोले नयाा सुपरस्टारको ट्याग पाउाने निश्चित छ ।
प्रेम गीतमा पनि चंखे फिल्मकै निर्माता सन्तोष सेनको मात्र लगानी रहेने छ । स्मरण रहोस अहिलेका सुपरस्टार आर्यन सिग्देललाई टेलिसिरियल हाउसफुल होस वा मेरो एउटा साथी छ बाट सुपरस्टार बनाउाने क्रेडिट निर्देशक सुर्दशन थापालाई नै जान्छ ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया