manishekhar gurung and khemraj gurung albam
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख ४, शुक्रबार । चर्चित संगीतकार तथा गायक खेमराज गुरुको एकल संगीतमा मणिशेखर गुरुङको पहिलो एल्बम ‘मणि’ विमोचित भएको छ । आज प्रज्ञा–प्रतिष्ठान कमलादीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै एल्बमको विमोचन गरिएको हो ।
संगीतकार संघ नेपालको आयोजना गरिएको एल्बमको विमोचन वरिष्ठ संगीतकार तथा गायक प्रकाश गुरुङले गरेका थिए । संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष विडारीले कार्यक्रमको सभापतित्व गरिरहेका कार्यक्रममा संगीतकार सुरेश अधिकारीले एल्बमको समिक्षा गरे । एल्बमका सबै गीतहरु आफुले सोचे भन्दा धेरै राम्रो बनेको बताए । एल्बम ढिलो सुन्न पाएपनि एल्बमका गीतहरु एकदमै राम्रो बनेको अधिकारीले बताउदै एल्बम ल्याएको बधाइ दिए ।
विमोचन कार्यक्रममा गायक आनन्द कार्की, गीतकार संघ नेपालका अध्यक्ष योगेन्द्र मणी दाहाल, डाइरेक्टर प्रशन्न पौडेल, संगीतकारहरु शान्तिराम राई, महेश खड्का, पारस मुकारुङ, मोडल किरण लाकौल लगायत उपस्थित रहेका थिए । एल्बम विमोचनमा मायाको चिनो एल्बममा सपोर्ट गर्ने सबैलाई प्रदान गरिएको थियो । गायक मणिशेखरलाई सबै अतिथीहरुले बधाई दिएका थिए ।
विमोचित एल्बममा ५ गीत समावेश गरिएको छ । ‘बासको लिङे पिङ, घामै छायाले, साकेलामा भेटौला, धरानै बजारैमा र जिन्दगी रहेछ’ बोलको गीत एल्बममा समावेश गरिएको छ । एल्बममा शब्द चन्द्र रानोहछा, रानी लिम्बु, कुमार बिबाहित र खेमराज गुरुङको रहेको छ । एल्बमलाई एसियन म्युजिकले बजारमा ल्याएको हो । एल्बम विमोचन समारोहमा एल्बमको एक गीतको म्युजिक भिडियो सार्वजनिकपनि गरिएको थियो । एल्बम विमोचन समारोहमा उद्घोषण चर्चित उद्घोषक नरेश भट्टराईले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया