त्रिपुरेशवरस्थित दशरथ रंगशालामा भएको खेलमा अफगानिस्तानले नवौं मिनेटमा मुस्तफाको गोलबाट सुरुवाति अग्रता लिएको थियो । सुरुवाति गोल आएपछि आक्रमक खेल प्रस्तुत गरेको भारतले केही सुन्दर मौका गुमाएको थियो । १७ औं मिनेटमा भारतका रोविन सिंहको प्रहार अफगान गोलरक्षक मन्सुरले उत्कृष्ट बचाउ गरे । लगतै काउन्टर आक्रमणमा अफगानका संजरले हानेको बल भारतीय गोलरक्षकले रोकेका थिए ।अफगानिस्तानको जितमा गोलरक्षक मन्सुरको उत्कृष्ट प्रदर्शनको महत्वपूर्ण रहर्यो । जर्मनबाट व्यवसायिक फुटबल खेल्ने उनले भारतका थुप्रै प्रहार बताएका थिए । सेमिफाइनलमा नेपाललाई हराउने क्रममा उनले रोहित चन्दको दुई पेनाल्टी रोकेका थिए ।
साफको उपाधि जितेपछि अफगानिस्तान सरकारले सबै खेलाडीलाई अपार्टमेन्ट दिने घोषणा गरेको छ भने अजीज बैंकले फुटबल टोलीलाई २० हजार अमेरिकी डलर दिने घोषणा गरेको छ ।
नेपाल फेयर प्ले टिम, रविन मोस्ट भ्यालुएवल प्लेयर
प्रतियोगितामा नेपाल फेयर प्ले टिम घोषित भएको छ । यस्तै नेपाली टोलीका रविन श्रेष्ठ मोस्ट भ्यालुएवल प्लेयर घोषित भएका छन् । उनले मोटरसाइकल पाएका छन् । सेमिफाइनलमा पुगेको नेपाल र माल्दिभ्सले समान १०–१० हजार अमेरिकी डलर पाएका छन् ।
यस्तै माल्दिभ्सका अली अस्फाक सर्वाधिक गोल कर्ता घोषित भए । उनले दोहोरो ह्याट्रिकसहित १० गोल गरेका थिए । यस्तै मोस्ट भ्यालुएवल प्लेयर अफ दि इयर अफगान गोलरक्षक मन्सुर घोषित भए ।साभार : अनलाईन खबर
प्रतिक्रिया