Bisal Chautari Logo

पुर्व मिस नेपाल सृष्टिदेखी नव अभिनेत्री स्वस्तिले सम्म र्‍याम्प नापे

- २ बैशाख २०७२, बुधबार १६:३२ मा प्रकाशित


Shristi Shrestha and swastima khadka fashion ramp
विशाल चौतारी समाचार
काडमाडौ, २०७२ बैशाख २, बुधबार । वर्ष २०७१ को अन्तिम दिन गएको चैत्र ३० गते लाजिम्पाटस्थित होटल र्‍याडिसनमा नया वर्ष २०७२ को स्वागतको अवसरमा फेसन, संगीत र हास्यको एउटा मनोरञ्जनात्मक कार्यक्रमका रुपमा ‘रिदम नाइट’ प्रस्तुत गरियो ।

Shristi Shrestha and swastima khadka fashion ramp
एबीसी टेलिभिजनको आयोजना र प्रत्यक्ष प्रशारण रहेको सो कार्यक्रमको मुख्य अंशका रुपमा फेसन शो रह्यो । डिजाइनर आस्तिक शेरचनको आकर्षक पहिरनमा सजिएकी पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले शो स्टपरका रुपमा आफूलाई र्‍याम्पमा उभ्याएपछि बिट मारेको फेसन शो प्रस्तुतिमा पाच सिक्वेन्सहरु समेटिएका थिए ।

Shristi Shrestha fashion rampनव अभिनेत्री तथा मोडल स्वस्तिमा खड्का लगायत फेशन शोमा १० जना मोडलले गाउन, सारी, लेहेङ्गा लगायतका पहिरनमा र्‍याप नापे । मोडलहरु स्मृती दाहाल, निलम श्रेष्ठ, सुलोजा खड्का लगायतका १० जना मोडलले र्‍याम्प नापेका थिए ।

swastima khadka fashion rampजसमा मूलत: साडी, लेहेंगा, अनारकली, इभिनिङ गाउन, वन् पिस ड्रेसको बाहुल्यता थियो । swastima khadka fashion ramp (1)यी पहिरनहरुमा कायरा बुटिकका रोजिना श्रेष्ठ र कोहिनुर बुटिकका समु तिमिल्सिनाको सृजना समेटिएको थियो । फेसन शोको कोरियोग्राफी धीरज तण्डुकारले गरेका थिए ।

बेटर ग्योलक्सी इन्टरटेन्मेन्ट र फेम नेपालको व्यवस्थापनमा नया वर्षको स्वागतमा अगाडि बढेको सााझलाई साागीतिक समूह थर्ड च्याप्टरले प्रारम्भ गरेको थियो भने स्टेज प्रस्तुतिलाई पूर्ण विराम दिने कार्य साागीतिक समूह अतृत्प र गायक नविन के भट्टराईले आफ्ना चर्चित गीतहरु मार्फत् गरेका थिए । यसवीचमा गायिकाद्वय सुमन गुरुङ र शशी रावलको प्रस्तुति थियो ।
साथमा ग्रुप वन् क्रियसनको आकर्षक नृत्यहरु पनि समेटिएका थिए भने रोमा न्यौपाने र सुमन सागर जंग के.सी.को युगल नृत्यले कार्यक्रममा वेग्लै स्वाद थपेको थियो । कार्यक्रममा हाास्य रस संचार गर्ने कार्य महादेव त्रिपाठीले गरेका थिए भने टेलिश्रृङ्खला भद्रगोलका ककरोच र बलेको जोडिले त्यसलाई निरन्तरता दिएका थिए । राति अबेरसम्म डिज रे, डिजे नेवा:, डिजे चन्टे लगायतले आफ्नो नृत्य प्रधान संगीत संयोजनले न्यु इयर इभ मनाउनेहरुलाई साथ दिएका थिए ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया