बन्दका कारण राजधानीमा सवारी साधन चलेका छैनन् भने बजार, पसल, शिक्षण संस्था पनि ठप्प छन् । राजधानीको चोकचोकमा जम्मा भएका ३३ दलका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । ३३ दलले आजै पूर्वमा समेत बन्द आह्वान गरेको छ । लगातारको बन्दले पूर्व जनजीवन कष्टकर बनेको छ । गोलमेच सम्मेलन गर्नुपर्ने लगायतका माग राख्दै ३३ दलले आजबाट बन्दसहितको आन्दोलन थालेका हुन् ।
प्रतिक्रिया