Bisal Chautari Logo

ब्रान्ड एम्बेसडर सुनिता दुलालले ‘सिल्क फेसन’ को उद्घाटन गरिन्

- १४ चैत्र २०७१, शनिबार १४:११ मा प्रकाशित


sunita dulal Brand Ambassador shilk Fashion opening did
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१ चैत १४, शनिबार । पछिल्लो समय काठमाडौमा बुटिक सप फस्टाएको छ । यस्तै क्रममा फेसन पारखीका लागि राजधानीको दरबार मार्ग स्थित माया सेन्टरमा ‘सिल्क फेसन’ नामक बुटिक सञ्चालनमा आएको छ । फेसन डिजाइनर सिर्जना पोखरेल र अमित मल्लले बुटिक सञ्चालनमा ल्याएका हुन् ।

sunita dulal Brand Ambassador shilk Fashion opening did (1)
एक औपचारीक समारोहको आयोजना गर्दै आज शनिबार चर्चित लोकगायिका सुनिता दुलालले उक्त बुटिकको उद्घाटन गरिन् । ‘सिल्क फेसन’की ब्रान्ड एम्बेसडरसमेत रहेकी सुनिताले उद्घाटन गर्दै भनिन्, ‘सिल्कले ब्रान्ड एम्बेसडर बन्न पाएकोमा खुसी छु ।’ उनले आफ्नो लक्ष्य पनि बुटिक सञ्चालन गर्ने बताइन् । केही समययता अनलाइन बुटिक सञ्चालन गर्दै आएकी सुनिताले भनिन्, ‘अहिलेसम्म अनलाइनमा मात्र बुटिक सञ्चालन गर्दै आएकी छु । तर, केही वर्षभित्रै यस्तै (सिल्क) बुटिक खोल्ने योजना बनाएकी छु ।’

sunita dulal Brand Ambassador shilk Fashion opening did (3)उनले अनलाइनमार्फत देश–विदेशमा साडी तथा कुर्था सुलवारलगायत ग्राहकको अर्डरअनुसार विभिन्न पहिरन बिक्री गर्दै आएकी छन् । आफै पनि साडीको सौखिन भएकाले बढीजसो साडी नै बिक्री गर्दै आएकी सुनिताको भनाइ छ । बढीजसो विदेशकै कार्यक्रममा व्यस्त रहँदै आएकी सुनिताले आफुले स्टेज पर्फमेन्स गर्दा लगाएको साडीसमेत महँगो मुल्यमा बिक्री गर्दै आएकी छन् । पर्फमेन्स गर्दा लगाएको साडी प्राय उनका फ्यानले खरिद गर्ने गरेको छ ।
‘सिल्क फेसन’ को विशेषता इथिनिङ वेयर हो । बुटिककी सञ्चालक तथा फेसन डिजाइनर सिर्जनाले भनिन्, ‘हाम्रो बुटिकको विशेषता भनेकै इथिनिङ वेयर हो । हामी ग्राहकको रोजाइ र चाहनाअनुसार पहिरन तयार गरिदिन्छौ ।’ इथिनिङ वेयरमा अनाकली, साडी, लेहेँगालगायत पर्छ । जुन फेसनेवल महिना तथा युवतीहरुको मुख्य आर्कषण पनि हो । यसका साथै, टप, इभिनिङ वेयर र क्याजुअल वेयर पनि अर्डरअनुसार तयार गर्ने सिर्जनाले बताइन् ।

sunita dulal Brand Ambassador shilk Fashion opening did (2)
आइसीबाट फेसन डिजाइनरमा डिप्लोमा गरेकी सिर्जनाले भनिन्, ‘फेसन डिजाइनर बनेर बुटिक खोल्ने मेरो सानैदेखिको रुचि हो ।’ अर्का सञ्चालक अमितका अनुसार बुटिक सञ्चालनमा ल्याउन करिब ३५ लाख रुपैयाँ खर्च लाग्यो । उनले आफ्नो बुटिकमा ग्राहक हेरि पहिरन तयार गर्ने समेत बताए । ‘बुटिक भन्दैमा त्यति महँगो छैन’ उनले भने, ‘साधारणले पनि सिल्कमा आफूले चाहेको पहिरन खरिद गर्न सक्नेछन् ।’

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया