Bisal Chautari Logo

‘आसा’बाट सफल्ता पाएपछी महेश मुखियाको ‘प्रमिस’ नेपाली संगीतमा

- २४ फाल्गुन २०७१, आईतवार १७:१२ मा प्रकाशित


Mahesh Mukhiya Sunuwar album Promise
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, फल्गुन २४, आइतबार । ‘माथि माथि लेकमा हिउ पर्दा’ बोलको गीतबाट सामाजिक सञ्जालदेखी चर्चामा आइरहेका गायक महेश मुखिया ‘सुनुवार’ पहिलो एलबम ‘आसा’को सफल्तापछी दोस्रो एल्बम ‘प्रमिस’ बजारमा ल्याएका छन् ।

Mahesh Mukhiya Sunuwar album Promise (1)
रामेछापका ‘महेस मखिया सुनुवार’ले दुई वर्ष अगाडि ‘आसा’ नामक पहिलो एल्बम बजारमा ल्याएका थिए । Mahesh Mukhiya Sunuwar album Promise (4)सो एल्बमको ‘माथि माथि लेकमा हिउ पर्दा’ बोलको गीत सामाजिक सञ्जालमा दर्शक श्रोताहरुमाझ लोकप्रिय बनेको छ । युटुवमा मात्र हेर्नेको संख्या २ लाख २५ हजार बढी रहेको छ ।

छ गीत र एक ट्रयाक समावेश गरिएको एलबममा ‘सनीले छोड्छ बरु, शनिबारको दिन आज, माथि माथि लेकमा, ओ गोरी ओ गोरी, सपनिमा आउनेलाई, पाथीभरा देवी कसम बोलको गीत र सनिले छोड्छ’ को म्युजिक ट्रयाक एल्बममा समावेश गरिएको छ । एल्बममा राजु सिंह, राम सिटौला, विक्रम थापा, रमेश श्रेष्ठको संगीत रहेको छ भने शब्द डा. कृष्णहरि बराल, दिलकृष्ण श्रेष्ठ, डुबसाङ लामाको रहेको छ ।
रेवल क्रियसनले बजारमा व्यवस्थापन गरेको एल्बमका बारेमा बोल्दै गायक महेशले एल्बममा दर्शक श्रोताहरुले आफ्नो दोस्रो एल्बममा आधुनिक, लोक पप मिक्स सुन्न सक्ने बताए । विशाल चौतारी डटकमसंग कुराकानी गर्दै गायक महेशले भने–‘मैले यो एल्बम बाट धेरै आसा लिएको छु । किनभने यस एल्बमका गीतहरु आफैमा फरक बनेका छन् ।’
एल्बममा समावेश १ र २ नम्बरमा रहेको गीतको म्युजिक भिडियो बनाउने तयारी भइरहेको समेत गायक महेशले जानकारी दिए । एल्बमको प्रोमोशनल गीत ‘सनीले छोड्छ बरु’ बोलको गीत आधुनिक बेसको रहेको महेशले बताए । सो गीतको शब्द चयनसंगै कम्पोजिसन पक्ष भन्दा अझ फरक एरेञ्जमेन्ट बलियो भएकाले ‘सनीले छोड्छ बरु दर्शकहरुले मनपराउने आसा रहेको गायक महेशले बताए ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”8857,8856,8853,8852″]

watch video

YOUR COMMENT HERE

 

प्रतिक्रिया