Bisal Chautari Logo

३० औ जन्मदिन धुर्मुसले प्रवासी नेपालीसंग कोरियामा मनाए

- ७ आश्विन २०७०, सोमबार ०८:१४ मा प्रकाशित


७ असोज, कोरीया । कोरियन पर्व छुसकको अवसर पारेर आयोजना गर्न लागिएको सांकृतिक कार्यक्रममा सहभागी हुन कोरिया पुगेका हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले आफ्नो ३० औ जन्मदिन मनाएका छन् ।जन्मदिनको अवसरमा कलाकार तथा धुर्मुस पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’ले केक काटेकी थिइन् । झापा मिलन समाज कोरियाले झापाली भूमिबाट उदाएका कलाकारहरुलाई गर्दै आएको सम्मान तथा अभिनन्दन कार्यक्रमलाई निरन्तरता दिंदै कट्टेल दम्पत्तिलाई निम्त्याएको हो । केक काट्नु अघि धुर्मुसलाई जन्मदिन मनाउने बिषयमा कुनै जानकारी दिइएको थिएन । कार्यक्रममा बोल्दै धुर्मुसले प्रवासी नेपालीहरुसँग जन्मदिन मनाउन पाउँदा निक्कै खुशी लागेको बताए ।

प्रतिक्रिया