Bisal Chautari Logo

क्यानडा टुरमा गएका ‘राई इज किङ’ न्यु योर्कमा किन ? रहस्य के होला ?

- ६ फाल्गुन २०७१, बुधबार ०८:२३ मा प्रकाशित


Rajesh Payal Rai tour of New York
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन ६, बुधबार । नेपाली सुगम संगीत तथा पाश्र्व गायनका नम्बर एक गायक राजेश पायल राईको नेपाल बसाइ भन्दा अहिले विदेश बसाइ बढि भएको छ । कहिले साङ्गीतिक कन्र्सटका लागी वल्ड टुर गरिरहेका हुन्छन्, भने कहिले एकल कन्र्सटका लागी विदेशको कार्यक्रम । धेरै समय देश भन्दा बाहिर नै हुने गरेको छ ।

Rajesh Payal Rai tour of New York (1)
यस्तै क्रममा अहिले राई इज किङ अर्थात गायक राजेश पायल राई क्यानडा टुरमा रहेका छन् । क्यानडा टुरमा रहेका गायक राजेश पायल हिजो भने न्यु योर्कमा भेटिए । गत फेब्रुअरी १४ भ्यालेन्टाइन डेको अवसर पारेर देशी बजारले क्यानडामा आयोजना गरेको भव्य कार्यक्रम गरेका गायक राई न्यु योर्क आउनुको रहस्य भने घुमघाम मात्रै रहेको विशाल चौतारी डटकमलाई बताए । राई इज किङको फेसबुकमा घुमघामको तस्बिर अपलोड भएपनि कहि कतै केटीसंग चाहि देखिएका छैनन् । न्यु योर्क जानुको रहस्य घुमघाम मात्रै बताएपनि खास रहस्य के हो त्यो चाहि गायक राई इज किङ नै जानुन् ।

Rajesh Payal Rai tour of New York (2)

COMMENT HERE

प्रतिक्रिया