Bisal Chautari Logo

बेलायती महिलाको वक्षस्थलमा अमेरिका बन्द हुँदा असर

- २२ आश्विन २०७०, मंगलवार ०५:१६ मा प्रकाशित


२२ असोज । अमेरिकामा विपक्षी दलको विरोधका कारण सरकारको बजेट पारित हुन नसक्दा त्यसले अमेरिकी अर्थतन्त्रमा ठूलो असर त पूराएको छ नै त्यसले विश्वका अन्य देशमा समेत कडा तरंग पैदा गरेको छ ।अमेरिकाको यो संकटले बेलायती महिलाको वक्षस्थल बढाउने सपना अधूरै रहने भएको छ । बेलायती सरकारले गैर जरुरी खर्च कटौती गर्ने निर्णय गरेसँगै अब बेलायती महिलाले पाउँदै आएको निशुल्क स्तन प्रत्यारोपण सेवा नपाउने भएका हुन् । राष्ट्रिय स्वास्थ्य सेवा विभागले प्रदान गर्दै आएको निशुल्क ब्रेष्ट सर्जरी सेवा बन्द गर्न लागेको बताइएको छ । महिलाहरुले आफ्नो सानो स्तनका कारण मानसिक पीडा भोगिरहेको प्रमाण पेश गरेपछि सरकारले त्यस्ता महिलाको स्तन प्रत्यारोपण गरी वक्षस्थल बढाइदिने गरेको थियो । बेलायत सरकारले महिलाहरुमा सानो वक्षस्थल डिप्रेसनको कारक तत्व भएको भन्दै यस्तो सेवा दिएको थियो र सरकारको यो सेवाको उपयोग धेरै महिलाले गरेका पनि थिए । सरकारले यस्तो निशुल्क स्तन प्रत्यारोपण सेवा बन्द गर्ने भएपनि स्तनकै कारण ठूलो मानसिक रोगको जोखिम भएका महिलाहरुलाई भने आवश्यकताको आधारमा सेवा प्रदान गरिनेछ । धेरै महिलाले मानसिक समस्याको निहुँ पारेर शारीरिक सुन्दरताकै लागि स्तन बढाउन निशुल्क सेवाको उपयोग गर्न थालेपछि बेलायत सरकारको स्वास्थ्य खर्चमा अनावश्यक बढोत्तरी भएको छ । अघिल्लो वर्ष सरकारले यस्तो निशुल्क स्तन प्रत्यारोपणमा २८ करोड ३० लाख पाउण्ड खर्च गरेको थियो । एक महिलाको स्तन प्रत्यारोपणमा ५ हजार पाउण्ड सम्म खर्च हुन्छ ।

प्रतिक्रिया