Bisal Chautari Logo

रेखाको ‘तथास्तु’ लाई युनिभर्सल प्रमाण पत्र

- २३ पुष २०७१, बुधबार ०५:५० मा प्रकाशित


Rekha Thapa of the movie tathastu to Universal certificateRekha Thapa of the movie tathastu to Universal certificate
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष २३, बुधबार । यही शुक्रबार २५ गतेबाट देशव्यापी प्रदशर्नमा आउने रेखा थापा अभिनित चलचित्र ‘तथास्तु’लाई सेन्सर पास बोर्डले युनिभर्सल प्रमाण पत्र प्रद्धान गरेको छ ।
सबिर श्रेष्ठ निमिर्त एवं निर्देशित चलचित्र ‘तथास्तु’ले चलचित्र जाच पास समितिबाट हरेक उमेर समुहका दर्शकले हेर्न मिल्ने गरी यु प्रमाण पत्र दिएको हो । चलचित्र ‘तथास्तु’को सेन्सरमा अभिनेत्री रेखा थापा स्वयम् पनि सहभागी थिइन् । सेन्सरमा पुरा चलचित्र हेरेपछि निर्देशक समेत रहेकी रेखाले चलचित्र र निर्देशक सबिर श्रेष्ठको खुलेरै प्रशंसा गरिन् । जगदीश्वेर थापाको लेखन रहेको चलचित्र ‘तथास्तु’ मा रेखा सँगै किशोर खतिवडा, सुवास थापा र विज्ञान जोशीको मुख्य भूमिका छ । बसन्त सापकोटाको संगीत रहेको ‘तथास्तु’ लाई बाबु श्रेष्ठले खिचेका हुन् । चलचित्रले नारी हिंसा र प्रतिकारको विषयमा प्रतिनिधित्व गर्ने बताइएको छ ।

प्रतिक्रिया