Bisal Chautari Logo

टम क्रुज, जोनी डेपलाई पछाडी पादै शाहरुख विश्वकै दोस्रो धनी कलाकार

- ८ जेष्ठ २०७१, बिहीबार ०९:३१ मा प्रकाशित


Shahrukh-Khan-tops-Tom-Cruise-and-Johnny-Depps-earnings
एजेन्सी
मुम्बई, २०७१, जेठ ८ विहिवार । पछिल्लो समयमा हलिउड चलचित्रलाई समेत टक्कर दिने बलिउड चलचित्र उद्योगकका कलाकारहरु धनको मामिलामापनि हलिउड कलाकारहरु भन्दा कम छैनन् । बलिउडका चलचित्र उद्योगमा बादशाह, किङखान तथा अन्य धेरै उपनामले चिनिने अभिनेता शाहरुख खान विश्वकै दोस्रो धनी कलाकार बनेका छन् । अभिनेता खान करिब ६०० मिलियन डलर बराबर सम्पत्तिको मालिक बन्दै दोस्रो धनी कलाकार बनेका हुन् ।
वेल्थ एक्स पत्रिकाले बलिउड, हलिउड तथा संस्सारभरका कलाकारहरु मिलाएर प्रकाशित गरेको सूचीमा अभिनेता शाहरुख खान दोस्रो नम्बरमा पर्न सफल भएका हुन् । विश्वकै सबैभन्दा धनी कलाकारको सूचीमा नम्बर एकमा भने हलिउडका कमेडियन जेरी सेनफिल्ड रहेका छन् । ६० वर्षीय कलाकारसँग कूल ८२० मिलियन डलर बराबरको सम्पत्ति रहेको बताइएको छ ।
बलिउड अभिनेता शाहरुख खानको यो सम्पतिको कारण हलिउड अभिनेताहरु टम क्रुज, जोनी डेप, टम ह्यांकस्, क्लिन्ट इस्टवुड र एडम स्यान्डलरजस्ता हलिउडका चचिर्त अभिनेताहरु पछि पारेका छन् । 
धनी कलाकारको तेस्रो स्थानमा ४८० मिलियन डलर बराबरको सम्पत्ति सहित अभिनेता टम क्रुज रहेका छन् भने ४५० मिलियन डलर सम्पत्तिसहित जोनी डेप र टाइलर पेरी चौथों स्थानमा रहेका छन् । दुई पटक ओस्कर जितेका टम ह्यांकस् आठौं स्थानमा रहेका छन् । उनीसँग ३९० मिलियन डलर सम्पत्ति रहेको सो पत्रिकाले जनाएको छ । ८४ वर्षीय क्लिन्ट इस्टवुड यस सूचीमा सबैभन्दा बढी उमेर भएका कलाकार हुन् । नवौं स्थानमा रहेका उनीसँग ३७० मिलियन डलर सम्पत्ति रहेको छ । दशौं स्थानमा एडम स्यान्डलर रहेका छन् । उनीसँग ३४० मिलियन डलर सम्पत्ति रहेको छ ।

त्यस्तै सबैभन्दा बढि सम्पत्ति हुने टप १० कलाकारको लिस्टमा भारतबाट एकमात्र नाम अभिनेता शाहरुख खानको हो ।

King Khan has made it to the list of the top ten wealthiest Hollywood and Bollywood personalities Shahrukh Khan, who enjoys a humungous fan following from all over the world has now made it to the list of the top ten wealthiest Hollywood and Bollywood personalities, thereby being the only Indian celebrity in the list.

प्रतिक्रिया