Bisal Chautari Logo

‘इच्छा’लाई दर्शकले मन पराउने भुवन केसीको विस्वास

- ७ पुष २०७१, सोमबार १६:२२ मा प्रकाशित


Nepali Movie Ichchha the viewer likes Bhuwan KC believing
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष ७, सोमबार । माघ २ गते देखी देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र इच्छाको दुईवटा फष्टलुक पोष्टर र अडियो एल्बम सार्वजनिक गरिएको छ । आज राजधानीमा एक कार्यक्रमका विच चलचित्र इच्छाको नायकभुवन केसी र चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले संयुक्त रुपमा चलचित्रको २ वटा पोष्टर र अडियो एल्बम विमोचन गरेका थिए ।Nepali Movie Ichchha the viewer likes Bhuwan KC believing
कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक मुनाल घिमिरेले चलचित्र इच्छा अहिलेको वास्तविक कथामा निर्माण भएको बताए । चलचित्रले फरक पुस्ताको फरक सोचाईलाई समेटेको बताउदैं चलचित्र इच्छाले दर्शकको मन जित्ने विस्वास व्यक्त गरे ।
त्यस्तै चलचित्रका निर्माता प्रकाश घिमिरेले चलचित्र इच्छा सामाजिक विषय बस्तुमा आधिरितभएर निर्माण भएकाकारण चलचित्रले मनोरञ्जन सगैं सन्देश पनिदिने बताए । उनले भने “चलचित्र अरु चलचित्रभन्दा फरक छैन तर फरक बनाउने प्रयास भने हामीले गरेका छौं”—निर्माता घिमिरे बताए ।
त्यस्तै कार्यक्रममा चलचित्रका कलाकार सुबास थापाले चलचित्र इच्छा सबैले हेर्न लायकको चलचित्र रहेको भन्दै चलचित्रले समाजकै यर्थाथ कथा बाकेको खुलाएका छन् । “चलचित्र राम्रो बनेको छ”—सुवासले भने हामीले चलचित्रमा निकै मेहेनत गरेका कारण चलचित्र इच्छालाई दर्शकले मनपराउनेमा आफु विस्वस्त रहेकोपनि सुवासले बताए । कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले चलचित्र इच्छा सुपरहिट हुनेमा आफु पुर्ण विश्वस्त रहेको बताए । चलचित्रलाई अग्रिम शुभकामना दिदैं अध्यक्ष शान्तिप्रियले चलचित्र इच्छा सबैले हेर्न लायकको इच्छा बनेको हुनु पर्ने दाबी गरेका छन् । कमेडी लभस्टोरी कथामा आधारित चलचित्र इच्छाको पोष्टर र अडियो एल्बम विमोचन कार्यक्रममा नायकभुबन केसीलाई सम्मान समेत गरिएको थियो ।
सम्मानपछि कार्यक्रममा बोल्दै नायक भुवन केसीले आफुलाई सम्मानगर्ने चलचित्र इच्छाको सम्पुर्ण यूनिट देखीप्रोडक्शन कम्पनीलाई पनि धन्यवाद व्यक्त गरे । त्यस्तै नायकभुवन केसीले चलचित्र इच्छालाई सम्पुर्ण दर्शकले मन पराउनेमा पनि विश्वास व्यक्त गरे । करिब ३ दशक चलचित्र यात्रामा आफुले गरेकादुख मेहेनतको दिन सम्झदैं नायक केसीले चलचित्र क्षेत्रले अहिले धेरै फड्को मारिसकेको बताए ।
चलचित्र इच्छामा सुबास थापा, दिपशिखा शाही, दयाहाङ राई, ओम प्रतिक, देशभक्त खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । गम्भिर विष्टको नृत्य,रोशन श्रेष्ठको द्धन्द्ध, प्रकाश घिमिरेको लेखन रहेको चलचित्रमा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ ।

प्रतिक्रिया