Bisal Chautari Logo

‘जेरी’ हेर्न सेलिब्रेटीको भिड, अनमोललाई पर्दामा देख्दा आनाको झर्‍यो आसु (फोटो फिचर)

- २८ कार्तिक २०७१, शुक्रबार १३:५४ मा प्रकाशित


 Anmol K.C. and Anna Sharma Nepali Film Jerryy
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक २८ शुक्रबार । आज अर्थात कात्तिक २८ गतेदेखि देशभरबाट प्रदर्शनमा आएको चलचित्र ‘जेरी’ को विषेश शो आयोजना गरिएको छ । जय नेपाल हलमा आयोजना गरिएको बिशेष शोमा नेपाली चलचित्र क्षेत्रसंग सम्वन्धित चर्चित सेलिव्रेटिहरुको बाक्लो उपस्थित रहेको थियो । Anmol K.C. and Anna Sharma Nepali Film Jerryy
सदावहार अभिनेताको ट्याग पाइसकेका अभिनेता भुवन केसीको छोरा अनमोल केसी र मिस नेपालको कोरियोग्राफर रचना गुरुङ शर्माकी छोरी आना शर्माद्धारा अभिनित चलचित्र ‘जेरी’को बिशेष शोमा अभिनेत्री रेखा थापा, गौरी मल्ल, नम्रता श्रेष्ठ, निशा अधिकारी, नन्दिता केसी, रिमा विश्वकर्मा, बेनिशा हमाल, मलिना जोशी, पूजा शर्मा पुगेका थिए, भने अभिनेता तर्फ आर्यन सिक्देल, जीवन लुइटेल, अनुप विक्रम शाही लगायत हलमा देखिएका थिए । चलचित्रको हेरीसकेपछि अभिनेत्री प्रियंका कार्की उपस्थित भएकी थिइन् ।
चलचित्र हेरीसकेपछि मिडीयासंग कुराकानी गर्दै सिनेमाका अभिनेता अनमोल केसीले चलचित्रको आफ्नो अन्तिम सिनको अवस्था देखेर अभिनेत्री आना शर्मा रोएको बताए । अभिनेता अनमोलले यो कुरा गरिरहदा अभिनेत्री आनालेपनि यो कुरालाई स्विकारेका थिए ।rekha thapa and anmol kc
होस्टेल निर्देशक हेमराज विसीद्धरा निर्देशित चलचित्र ‘जेरी’ धेरै राम्रो सिनेमा बनेको उपस्थित सेलिव्रेटी तथा पत्रकारहरुको समिक्षा रहेको थियो । १ घन्टा ५५ मिनेटको चलचित्र ‘जेरी’ले यूवापुस्तालाई आकर्षित गर्न सफल रहेको छ । चलचित्रको एउटा मुख्य पक्ष छायाकन राम्रो रहेकोपनि बताइएको छ । काठमाण्डू, पोखरा र मुस्ताङमा शैलेन्द्र डि.कार्कीले सुन्दर दृश्य कैद गरेका छन् । युवा पुस्ताको मनोविज्ञान र प्रेमलाई मुख्य विषय बनाइएको चलचित्र ‘जेरी’मा अनमोलसंगै आना शर्मा र अमल्या शर्माको मुख्य भूमिका रहेको छ ।
युवा दर्शक तथा धेरै महिलाहरुको आकर्षणमा रहेका अभिनेता अनमोलको होस्टेल पछि ‘जेरी’ सार्वजनिक प्रदर्शनमा आएको सिनेमा हो । सफल चलचित्र ‘होस्टेल’बाटै अभिनेता अनमोल र निर्देशक हेमराज विसीको डेब्यु भएको थियो । चलचित्र ‘जेरी’लाई मनोज शेरचनले निर्माण गरेका हुन्, भने पपकर्न पिक्चर्सको वितरण रहेको चलचित्रले हाउसफूलको ओपनिङ गर्न सफल भएको छ । चावाहिलस्थित गोपिकृष्ण हलमा कलेज ड्रसमै बिहानी शोमा ‘जेरी’ हेर्न पुगेको सयौ विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरी छाडेको छ ।

सेलिव्रेटिको तारिफले अनमोल मख्ख

चलचित्र हेरीसकेपछि प्राय सबै कलाकारहरुले अभिनेता अनमोल केसीलाई बधाई दिएका थिए । सबै सेलिब्रेटिहरुले अभिनयको खुलेरै तारिफ गरेका थिए । नेपाली चलचित्र क्षेत्रकी नम्बर एक अभिनेत्री रेखा थापालेपनि अभिनेता अनमोलको खुलेरै तारिफ गरेको सुन्न पाइयो । भन्दै थिइन्, ‘अब तिमीले नेपाली सिनेमा खान्छौ ।’
समग्रमा भन्नुपर्दा अभिनेता अनमोलको अभिनय उनका पिता भुवन केसीको भन्दा राम्रो रहेको सेलिव्रेटिहरुले बताएका थिए ।

[gss ids=”6367,6371,6370,6369,6368,6366,6365,6364″]

Anmol K.C. and Anna Sharma Nepali Film Jerryy
Starring Anmol K.C. , Anna Sharma, Amalia Sharma, Abhishek Man Sherchan, Yash SJB Rana Music: Naren Limbu, Co-Producer : Samrat Prasad Gauchan, Producer : Manoj Sherchan, Writer : Samrat Prasad Gauchan & Hemraj BC Cinematographer : Shailendra D Karki, Colorist : Sudip Shrestha Sound design : Uttam Neupane Editor : Surendra Poudel, Director : Hemraj B.C. NEPALI FEATURE FILM RELEASING ON 28 KARTHIK / 14 NOVEMBER 2014.

प्रतिक्रिया