Bisal Chautari Logo

अशिष्माको कोकाकोला फिगरको चर्चा परिचर्चा || उदयले गरे दुई सिनेमाको घोषणा

- ६ आश्विन २०७१, सोमबार १६:४५ मा प्रकाशित


Ashishma Nakarmi ADHKATTI song kokakola figar
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०६ सोमबार । संचारकर्मी सुब्रत आचार्य निर्देशित चलचित्र ‘अधकट्टि’का दुई गीत सार्वजनिक गरिएको छ । आज काठमाडौमा एक औपचारीक कार्यक्रमको आयोजना गरी चलचित्रको दुई गीत ‘मेरो फिगर कोकाकोला र ओए ओ’ देखाइएको थियो । Ashishma Nakarmi ADHKATTI song kokakola figar
फागुन १ गतेबाट विश्वभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्रको गीत ‘मेरो कोकाकोला फिगर’ र एक प्रेमगीत आज अहिले चर्चामा रहेको छ । बसन्त सापकोटा र राजन ईशानको संगीतमा तयार भएका गीतमा गौरव पहारी, रिस्ता बस्नेत,प्रदिप बाास्तोला र आशिष्मा नकर्मीले नृत्य गरेका छन् । देखाईका गीतबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको चलचित्रका निर्देशक आचार्यले कमेडी शैलीको सिनेमाले दर्शक नझुक्याउने कुरामा विश्वस्त रहेको विचार व्यक्त गरे । कलाकारको स्वाभाविक अभिनयले दर्शकको अपेक्षा पूरा हुनेमा आशावादी छु,’ सुब््तले भने । उनले नम्रता श्रेष्ठमाथि छायांकन हुने एक गीतको छायांकन बााकी रहेको र मौसम खुलेलगत्तै त्यसको सुटिङ सक्ने जानकारी कार्यक्रम मार्फत नै गराए । कार्यक्रममा बोल्दै हास्य अभिनेता विल्सन विक्रम राइले ‘अधकट्टी’ प्रदर्शनसँगै आफूलाई दर्शकले ‘टाँसी’ पात्रको रुपमा चिन्ने बताए । निर्माता प्रदिप कुमार उदयले हतारमा सिनेमा बनाएर हतारमा प्रदर्शनमा ल्याउँदा हतारमै हलबाट बाहिरिने भएकाले समय लगाएर ‘अधकट्टी’ बनाएको बताए । सोही कुरालाई थप्दै निर्देशक आचार्यले आफुहरु खरायोको तालमा दौडेर हार खानुभन्दा कछुवाको तालमा हिडेर सफल्ताको शिखर चुम्ने लक्ष्यले हिडेको बताए ।

[gss ids=”5632,5627,5631,5634,5630,5629,5628,5633″]

वितरक तथा सञ्चार उद्यमी प्रदिप उदयले निर्माण गरेको सिनेमामा विल्सन विक्रम राई, अशिष्मा नकर्मी, गौरव पहारी, रिस्ता बस्नेत र नव कलाकार प्रदिप बास्तोलाको मुख्य अभिनय छ । चलचित्रमा अभिनेत्री नम्रता श्रेष्ठ विशेष भूमिकामा देखिनेछिन् । द्धारिका उदय प्रोडक्शनको ब्यानरमा निर्माण भएको सिनेमालाई कमेडी जनरको भनिएको छ ।

दुई सिनेमको घोषणा

सोही कार्यक्रममा निर्माता प्रदिप उदयले एक साथ दुई फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उदयले दुई फिल्मको घोषणा गरेका हुन् । घोषणा गरिएका दुई फिल्म मध्ये एकको नाम ‘नमस्ते नेपाल’ रहेको छ भने अर्को फिल्मको शीर्षक जुर्न बाकी रहेको छ ।Ashishma Nakarmi ADHKATTI song kokakola figar (2)
‘नमस्ते नेपाल’लाई नृत्य निर्देशक राजु शाहले निर्देशन गर्न लागेका हुन् । शाहले यसअघि ‘इन्द्रेणी’, ‘सपनाको नौलो संसार’ आदि फिल्म निर्देशन गरिसकेका छन् । ‘फिल्म नमस्ते’ नेपालको अधिकांश सुटिङ बेल्जियममा हुने निर्माता प्रदिप उदयले जानकारी गराए । फिल्ममा सविन श्रेष्ठ, आना, श्याम श्रेष्ठ, गोपाल ढकाल आदिको अभिनय रहनेछ । नमस्ते नेपालको निर्माता प्रदिप कुमार उदय, मन्दिरा श्रेष्ठ र सृजु साह रहेका छन् । दिव्य सुवेदीको छायांकन, बसन्त सापकोटा र ओम सुनारको संगीत रहने फिल्मको अनुमानित लगानी ७५ लाख रहेको छ । द्वारिका उदय प्रोडक्सनको ब्यानरमा घोषणा गरिएको अर्को फिल्मलाई भने ऋषि लामिछानेले निर्देशन गर्नेछन् । फागुनको दोस्रो सातादेखि सुटिङ थाल्ने योजना रहेको फिल्म नाम जुराउन बााकी रहेको निर्देशक लामिछानेले बताए ।

प्रतिक्रिया