Bisal Chautari Logo

‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक

- १४ कार्तिक २०८३, शुक्रबार २३:४४ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ असोज ३१ शनिवार।
यहि कार्तिक २६ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक भएको छ । निर्माण कम्पनि  सनराइज पिक्चर्सले फिल्मको ‘शीर्ष’ गीत शुक्रबार युट्युब रिलिज गरेको हो ।

फिल्मको नाम सम्बोधन गर्ने ‘बाटुलो जून’ शिर्षकको गीतमा प्रमुख कलाकार अभिनेता अनमोल केसी, अभिनेत्री प्रिन्सी खतिवडासँगै निर्देशक समेत रहेका अभिनेता भुवन केसी र अभिनेत्री गरिमा पन्तसमेत फिचर्ड छन् ।

यसअघि सार्वजनिक प्रचार सामग्रीमा निर्माण टिमले भुवन केसीलाई देखाए पनि गरिमा पन्तलाई भने लुकाइराखेको थियो । पछिल्लो समय नेपालबाहिर रहँदै आएकी गरिमाको लागि यो कमब्याक फिल्म हो ।

सार्वजनिक गीतमा राम अविरल बिष्टको शब्दमा एसडी योगी र सानु सुनारको स्वर सुन्न सकिन्छ । संगीत संयोजनको काम पनि गायक रहेका योगीले नै गरेका छन् । नृत्य निर्देशक कविराज गहतराजले गीतको शब्द र संगीतको संयोजनमा कलाकारहरूलाई आकर्षक रूपमा भिडियोमा चित्रण गरेका छन् ।

जिया केसी र भविष्य खड्का निर्माता रहेको ‘बाटुलो जून’मा नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र, सुजन भाई, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हीना नगरकोटी र संगी अधिकारी पोखरेलसमेत अभिनयमा छन् । विवेक थापा फिल्मका सह- निर्माता हुन् ।

कृष्ण भण्डारी सम्पादक रहेको फिल्म लेखनमा सामीप्यराज तिमल्सेनासँग सरिन पोखरेलले सहकार्य गरेका छन् । फिल्ममा पार्श्व संगीत रोमन बज्राचार्यको छ भने प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक छन् ।

प्रतिक्रिया