Bisal Chautari Logo

‘पाँच पाण्डव’को गीत ‘राजा चाहिया छ’मा इभाको नृत्य

- १४ कार्तिक २०८३, शुक्रबार २३:२० मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ असोज ३१ शनिवार।
 चलचित्र ‘पाँच पाण्डव’को गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक ‘राजा चाहिया छ’ बोलको गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर छ ।

सशी शर्मा मजगैैँयाको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको छ । गीतले घरजम गर्नका लागि एक उपयुक्त युवक चाहिएको विषय उजागर गर्छ ।

क्यासिनोमा नाच्ने हट एन्ड ब्युटी युवतीले आफूलाई एक असल युवक चाहिएको बताइरहेको प्रसंगको सेरोफेरोमा गीत बनाइएको छ ।

गीतको भिडियोमा इभा गिरीको नृत्य छ । उनको बोल्ड नृत्यमा साथ दिएका छन्, सिनेमाका मुख्य कलाकार हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल र विनोद न्यौपानेले ।

यही कात्तिक २० गतेबाट प्रदर्शन हुने चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका छन् । ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका रहेको छ ।

यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन् ।

‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । यो चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

यो चलचित्रलाई श्याम तामाङले खिचेका छन् । चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा फाइट डाइरेक्टरमा सम्राट बस्नेत छन् । गम्भीर विस्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ ।

बसन्त निरौलाको निर्देशन रहेको चलचित्र ‘पाँच पाण्डव’मा दर्शकले पूरै साउन्ड डल्बी एटमस साउन्ड अनुभव गर्न पाउने छन् ।

रङ्ग सम्पादन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बिजिएम, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।

चलचित्र ‘पाँच पाण्डव’ तिहारको छेको पारेर कार्तिक २० गते (नोभेम्बर ६) देखि रिलिज हुँदैछ । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।

प्रतिक्रिया