
बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ असोज २२ बिहिवार। फिल्म फिल्म ‘आ बाट आमा २’को अर्को गीत ´रातो टीका लाउदा क्या दामी देखियो ` गीत रिलिज भएको छ। निर्माण टिमले प्रचारप्रसार स्वरुप बिहिबार यो गीत युट्युब मार्फत रिलिज गरिएको हो। दसैंको माहोल र टीका जमरा लगाएको कथालाई गीतको भिडियोमा देखिन्छ।
डान्सिङ गीतमा पल शाह,मलिका महत,आकाश श्रेष्ठ,साइग्रेस पोखरेल,रिश्ता गगुरुङ,निकिता आचार्य लगायत सामुहिक डान्समा रमाइलो गरिरहेको देख्न सकिन्छ। साथै लाहुरेको भुमिकामा सबिन श्रेष्ठ रहेका छन्। सामुहिक विवाहमा उनीहरुको नाच रहेको छ। जुन दृश्य निकै उत्कृष्ट लाग्छ। यस गीतको कोरियोग्राफी गंभिर बिष्टले गरेका छन्।
यस गीतको शब्द रचना,संगीत बाबुल गिरीले गरेका हुन् भने गायनमा बाबुल र रचना रिमालको रहेको छ।
चन्द्र पन्तको कथा,पटकथा तथा निर्देशन रहेको यस फिल्ममा पल शाह, मलिका महत र बिपना थापा,रिश्ता गुरुङ,निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको मुख्य भूमिका छ।
यस फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्ट पनि रहेका छन्। करण सिंह फिल्मको प्रोडक्सन एक्जिक्युटिभ रहेको यस फिल्ममा नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ भने फिल्मलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ।
प्रतिक्रिया