
बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ असोज १९ सोमवार। सुदर्शन थापाको निर्देशनमा निर्माण भएको फिल्म ‘शुभ विवाह’को सम्पुर्ण छायांकन ४० दिनमा सकिएको छ। निर्माण टिमले ४० दिनअघि पोखरामा क्यामेरा पूजाअर्चना गर्दै छायांकन थालेको थियो।
४५ दिनको छायांकन सेड्युल राखिएको यो फिल्मको सुटिङ ५ दिन अगावै सकिएको निर्देशक थापाले बताए। उनका अनुसार कलाकार तथा प्राविधिकहरुको अथाह मेहनतले सेड्युल अगावै काम सकिएको हो।
प्रियदर्शन फिल्मसको व्यानरमा निर्माण भएको यो फिल्ममा मुख्य भुमिकामा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई रहेका छन्। प्रदीप र सनिशाका साथमा हरिहर शर्मा,वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई,कृष्ण ढुङ्गाना,विशाल पहारी,अन्शु महर्जन,बिन्दा खतिवडा,अनिता बस्नेत,मेक्सम गौडेल,सन्तोष थापा,सुनिशा बजगाईँ,आश्मा गिरी,रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्य रहेका छन्।
यस फिल्मका निर्देशक थापा र अभिनेता खड्काले यसअघि फिल्म ‘प्रेम गीत’मा सहकार्य गरेका थिए। सुप्रिया कटुवालले लगानी गरेको यो फिल्ममा साम भुजेलको कार्यकारी निर्माताका रुपमा छन् भने फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन्। फिल्मको पटकथा तथा संवाद लेखन रामशरण पाठकको छ। साथै फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत तथा रेभन आरती सिंहको पाश्र्व संगीत रहनेछ। त्यसैगरि यस फिल्ममा राजेश श्रेष्ठको छायांकन (डिओपी), मिलन श्रेष्ठको सम्पादन रहेको छ। कलर ग्रेडिङ राजेन्द्र मोक्तान रहने यस फिल्ममा विक्रम स्वारको नृत्य निर्देशन हेर्न पाइने छ। फिल्मको ट्रेलर सम्पादन साहिल खानले गर्दैछन्।
चिफ सह–निर्देशकको रूपमा बसन्त अधिकारी (प्रमुख),साजन कट्टेल र प्रार्थना पाठक सह निर्देशकका रुपमा रहेका छन्। फिल्मको ध्वनि मनोज लामा, कला निर्देशन रोशन दिवाना र प्रोडक्सन म्यानेजरको रूपमा सुदीप ढकाल रहेका छन्। पब्लिसिटी डिजाइन तथा पोस्टर निर्माण आनन्द महर्जनले गर्नेछन्।
यो फिल्म आगामी फागुन २१ गतेबाट अलनेपाल रिलिज हुँदैछ। फिल्मको डिजीटल पार्टनरका रुपमा बुढासुब्बा डिजीटल रहेको छ भने वितरणको जिम्मा भिष्म फिल्मस् र श्री राम बालाजी गर्दैछ।
प्रतिक्रिया