Bisal Chautari Logo

जन्मदिनमा मिरुना मगरद्वारा ४६४ वृद्धवृद्धालाई भोजन, ५० बालबालिकालाई शैक्षिक सामग्री वितरण

- २ श्रावण २०८३, शनिबार २२:३२ मा प्रकाशित


बिशाल चौतारी समाचार

काठमाडौं, २०८३ श्रावण, २ शनिवार । अभिनेत्री मिरुना मगरले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै देशका विभिन्न स्थानमा रहेका वृद्धवृद्धा तथा बालबालिकासँग मनाएकी छन्। सर्वोत्कृष्ट अभिनेत्री राष्ट्रिय पुरस्कार प्राप्त गरेकी मिरुनाले आफ्नो जन्मदिनको अवसरमा मिरुनाद्वारा ४६४ वृद्धवृद्धालाई भोजन, ५० बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेकी छिन् ।

जन्मदिनको अवसरमा मायाघर नेपाल, इटहरीमा १३५ जना, साहारा केयर सेन्टर, भक्तपुरमा ३५ जना, बुटवल सेवा आश्रम, रुपन्देहीमा ८० जना, रामजानकी वृद्धाश्रम, सुनसरीमा १९ जना, धरान पुनर्स्थापना गृहमा ३५ जना तथा मानव सेवा आश्रम, विराटनगरमा १६० जना गरी ४६४ जना वृद्धवृद्धालाई भोजन गराइएको थियो।

त्यसैगरी, ५० जना वादी समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो। यससँगै मिरुना मगरको जन्मदिन कार्यक्रम कुल ५१४ जनासँग सम्पन्न भएको आयोजकले जनाएको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेश, नेपाल मगर महिला संघ, रुपन्देही, पहल थिएटर, बनाऔं अभियान दाङ तथा जुनियर मिस्टर एण्ड मिस धरान आइडियल २०२६ का सम्पूर्ण आयोजक, स्वयंसेवक र सहयोगीहरूलाई मिरुना मगरले हार्दिक धन्यवाद व्यक्त गरेकी छन्।

प्रतिक्रिया