Bisal Chautari Logo

एउटै जिममा जान्छन् करीना र दीपिका

- १५ भाद्र २०७१, आईतवार १०:०२ मा प्रकाशित


Kareena Kapoor And Deepika Podukone Same Gym
विशाल चौतारी समाचार
खोटाङ, २०७१, भाद्र १४ शनिबार । अभिनेत्री करीना कपुर खानलाई आफ्नो समकालिन नयाँ अभिनेत्रीहरुसंग कुरा नमिल्ने खबरले बलिउड सञ्चार माध्ययनमा चर्चा हुने गरेको थियो । पहिला अभिनेत्री करीना र दीपिका पादुकोणबिच कुराकानी हुदैन थियो । Kareena Kapoor And Deepika Podukone Same Gym
पछिल्लो समयमा यी दुई अभिनेत्रीबिच बोलचाल हुने कुरा समाचारमा आएको छ, तर यो कुरा अभिनेत्री करीनाले अस्विकार गरेकी छिन् । अभिनेत्री करीनाको अनुसार यति मात्र होइन की आफु र अभिनेत्री दीपिका एउटै जिममा जाने गरेका छन् । यी दुइ अभिनेत्रीको फिटनेस ट्रेनर गर्ने ठाउँ एकै रहेको छ, बान्द्रा स्थित जिममा एकै समयमा आउने गरेका छन् । अभिनेत्री करीनाले भनिन्–‘हाम्रो बिचमा त्यस्तो कुनै समस्या छैन । हाम्रो सम्वन्ध एकदमै सहज छ, र हामी खुब कुराकानीपनि गछौँ ।’ अभिनेत्री करीनाको पती सैफ अली खानसंग चलचित्र लव आजकल र ककटेलमा अभिनय गरिसकेकी छिन् ।

प्रतिक्रिया