Bisal Chautari Logo

फिल्म ‘माइतीघर’लाई दर्शकको निरन्तर साथ

- २१ आश्विन २०८२, मंगलवार २२:३४ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ असोज २१ मंगलवार।
 बडादशैँको फूलपातीका दिनदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘माइतीघर’ ले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ । दशैंपछि फिल्मको व्यवसायले आक्रमक रुप धारण गरेको छ । 

यसैबीच, मंगलवार यो फिल्मले नेपालगञ्जमा बम्पर व्यापार गरेको छ । त्यहाँको सिने रोयल सिनेमा हलमा मंगलवार माईतीघरका सात वटै शो हाउसफुल भएका छन् ।

सोमवार साँझ कलाकारहरुसहित नेपालगञ्ज पुगेका निर्माता रोहित अधिकारीका अनुसार आज सिनेमा हल पुगेका दर्शकहरूले टिकट नै पाएका छैनन् । 

काठमाडौंबाट गएका फिल्मका कलाकारहरु केदारप्रसाद घिमिरे, धीरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, शिशिर वाङदेल, निर्माता रोहित अधिकारी तथा  निर्देशक मिलन तामाङलाई स्थानिय दर्शकहरुले भव्य स्वागत गरेका छन् । दर्शकले काठमाडौंबाट गएका कलाकारहरुलाई खुला हृदयले स्वागत गर्दै फिल्मको मज्जा लिइरहेका छ्न् । 

नेपालगञ्जकै क्यूएफएक्स बागेश्वरीमा पनि यो फिल्मले दर्शकको उत्कृष्ट साथ पाइरहेका निर्माता अधिकारीको भनाइ छ । 

यसैबीच, आज यो फिल्मले देशभरि नै उत्कृष्ट व्यापार गरिरहेको निर्माता अधिकारीले जानकारी दिएका छन् । बलियो वर्ड अफ माउथका कारण फिल्मको व्यापार सुखद रुपमा अगाडि बढिरहेको छ । निर्माणपक्षले व्यापारिक आँकडा भने सार्वजनिक गरेको छैन ।

मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया