बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ असोज १२ आइतवार। तिहारको अबसरमा यहि असोज ३१ बाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘जेरी अन टप’मा समावेश दोस्रो गीत सार्वजनिक भएको छ । शनिबार साँझ बुढासुब्बा डिजिटल मार्फत युट्यूवमा सार्वजनिक गरिएको गीतलाई दर्शकले सुरुवातमै राम्रो प्रेम दर्शाएका छन् ।
युट्यूवमा आक्रामक भ्यूज बटुलिरहेको यो गीतमा व्यक्त भएका १६ सय बढि प्रतिक्रिया सत् प्रतिशत सकारात्मक छन् । दर्शकले फिल्मका मुख्य कलाकार अनमोल केसी र जसीता गुरुङको केमेस्ट्रिलाई उत्कृष्ट भनेका छन् । गीतको भिडियोमा समावेश अभिनेत्री जसीता गुरुङको नृत्यले प्रशंसा पाउँदा अधिकांश प्रतिक्रियामा फिल्मको प्रदर्शन मितिलाई प्रतिक्षा गरिएको छ ।
भेट्रान संगीतकार कालिप्रसाद बाँस्कोटाको स्वर, संगीत र शब्द समावेश गीतमा फिमेल भर्सनमा स्वर सोमिया वराइलीले दिएकी छिन् । मिक्सिङ र मास्टरिङ रिकेश गुरुङको छ । भिडियोमा कोरियोग्राफी किरण थापाको छ । ‘जेरी अन टप’मै समावेश केहि दिन पहिले सार्वजनिक ‘कस्तूरी’ बोलको गीत पनि यतिबेला फेसबुक। युट्यूव, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा ट्रेण्डिङमा नै छ ।
अनन्या फिल्मस् को ब्यानरमा तयार यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । सरोज न्यौपानेको प्रस्तुतिमा बनेको फिल्ममा अनमोल र जसीतासँगै आँचल शर्मा, केदार घिमिरे, भुवन केसी, उषा खड्गी, सुरक्षा पन्त प्रमुख कलाकार छन् । हेमराज बिसीको कथामा बनेको यो फिल्ममा पटकथा विस्वास तिमिल्सिनाको छ । दुलिप रेग्मी सिनेमाटोग्राफर र निमेश श्रेष्ठ सम्पादक छन् ।
प्रतिक्रिया