Bisal Chautari Logo

‘महादशा’ मा निरुता सिंह र उत्तम प्रधान अनुबन्धित

- ३ आश्विन २०८२, शुक्रबार २१:०७ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ असोज ३ शुक्रवार।
 नेपाली चलचित्र महादशा ले आफ्ना मुख्य कलाकारको रुपमा लोकप्रिय अभिनेता उत्तम प्रधान र चर्चित नायिका निरुता सिंहलाई भित्र्याएको छ।   दुवै कलाकारलाई निर्माण पक्षले स्वागत गरेको हो।

उत्तम प्रधान र निरुता सिंहजस्ता स्थापित कलाकारको सहभागिताले चलचित्र उद्योगमा निकै सकारात्मक प्रभाव पारेको छ।
पछिल्ला केही वर्षमा नेपाली चलचित्र उद्योगमा उतार–चढाव आइरहेका बेला यस्तो ठूलो नाम र अनुभव भएका कलाकारहरूको आगमनले दर्शकलाई फेरि हलसम्म तान्ने अपेक्षा गरिएको छ।

किरण नेपालीको निर्देशनमा तयार हुने  यस चलचित्रमा समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई प्रस्तुत गरिने बताइएको छ। कलाकारको घोषणासँगै चलचित्रले दर्शकमाझ थप उत्सुकता जगाएको छ।  लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङको अभिनय रहनेछ ।

मनिष गौतमले लेखेको फिल्ममा राजेन्द्र के  शाह, श्याम मगर र अमला देवी राईले लगानी गरेका छन्। सुरज आचार्य कार्यकारी निर्माता रहेका छन्। 

प्रतिक्रिया