बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ भाद्र १२ बिहिवार। फिल्म ‘कोशेढुंगा’ आज (विहिबार) देखि देशैभरका १०३ शोसहित रिलिजमा आएको छ । भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमीको अवसर पारेर फिल्मलाई रिलिज गरिएको हो । बुधबार साँझ काठमाडौंमा भब्य प्रिमियरको आयोजना गरिएको थियो । जसमा फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो ।
सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेलको निर्देशन र निर्माताको वितरण रहेको यो फिल्मको कथा वस्तु र मेकिङ शैलीको तारिफ प्रिमियरमा गरिएको थियो । फिल्ममा सुरक्षा पन्त, मञ्जिल कुमार, ऋचा शर्मा, आर्यन सिग्देलको अभिनय रहेको जनाइएको छ ।
यो फिल्मलाई विहिबारदेखि नै सेभेन सिज इन्टरन्यासनलले नेपालसहित अन्तर्राष्ट्रिय बजारमा पनि रिलिज गरेको छ । जसअनुसार, अस्ट्रेलियामा पनि शुक्रबारदेखि नै फिल्म प्रदर्शनमा आएको छ । मध्यपूर्व र अमेरिकामा पनि यो फिल्म आजदेखि नै प्रदर्शनमा आउने सेभेन सिज इन्टरन्यासनलका वितरक रमेश ढकालले जानकारी दिएका छन् ।
प्रतिक्रिया