Bisal Chautari Logo

खुल्यो ‘कोशेढुङ्गा’को अग्रिम बुकिङ

- ९ भाद्र २०८२, सोमबार २०:५६ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ भाद्र ९ सोमवार।
बिहीबारदेखि प्रदर्शनमा आउने फिल्म ‘कोशेढुङ्गा’को अग्रिम टिकट बुकिङ खुलेको छ । गीत, टिजर, ट्रेलर लगायतका प्रचार सामाग्रीबाट चर्चा कमाएको फिल्मको हलहरुले सोमबारदेखीनै बुकिङ खुलाएका हुन् । नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले शो तालिका सार्वजनिक गर्दै बुकिङ खुलाएको छ । अन्य मल्टिप्लेक्सले पनि बुकिङ खुलाउने तयारी गरेका छन् । नेपाल सहित अन्य ४२ देशमा एकसाथ प्रदर्शन हुन लागेको फिल्मको अस्ट्रेलियामा पनि बुकिङ खुलेको छ । ईभेन्ट सिनेमा अस्ट्रेलियाले बुकिङ खुला गरेको अस्तर्राष्ट्रिय बितरक सेभेन सिज इन्टरनेशनलले जनाएको छ । ‘कोशेढुङ्गा’मा समावेश तीज गीत ‘नत्र भने जीन्दगी ब्यर्थ छ’ यतिबेला देश बिदेशमा चर्चामा छ । इतिहास रचित पूर्ण बहादुरको सारंगीका निर्देशक सरोज पौडेलले निर्देशन गरेको यो नयाँ फिल्ममा आर्यन सिग्देल, सुरक्षा पन्त, ऋचा शर्मा, निती शाह, मन्जिल कुमार, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतको मुख्य भूमिका छ । नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य रहेको फिल्मको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । फिल्मको कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठले छायांकन गरिरहेको यो फिल्ममा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । यस फिल्मको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् । फिल्मलाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो चलचित्र डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने जनाएको छ । पहिलो पटक यति धेरै देशमा एकसाथ चलचित्र प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमको छ ।

प्रतिक्रिया