Bisal Chautari Logo

दीपक बरुणको शब्द, मेलिना र करणको स्वरमा ‘सारी लाउन’ गीत सार्वजनिक

- २६ श्रावण २०८२, आईतवार २२:२१ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ श्रावण २५ आइतवार।
गीतकार दीपक बरुणको नयाँ सांगीतिक कोसेली ‘सारी लाउन’ गीत सार्वजनिक भएको छ। भ्वाइस अफ नेपालकी कोच समेत रहेकी लोकप्रिय गायिका मेलिना राई र नेपाल आइडल सिजन ५ का विजेता गायक करण परियारको युगल स्वरमा रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ । गीतलाई कुशल सिंहले एरेन्ज गरेका हुन् ।

नेपाली ट्रिपिकल शब्दको समिश्रण रहेको गीतलाई हरि लम्सालको कर्णप्रिय संगीतले थप सुमुधुर बनाएको छ । गम्भीर बिष्टले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा जुना सुन्दास र सरोज प्रजाको अभिनय रहेको छ । गीतको भावअनुसार नै भिडियोमा पनि ‘सारी लाउन’ आउदा मोडेललाइ कस्तो देखिन्छ भन्ने बारेमा बयान गरिएको कुराहरुलाई देखाइएको छ। सुविन गोदारको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोमा सुरेन्द बसेलको कोरियोग्राफी रहेको छ । भिडियोलाई ओएसआर डिजिटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो । पछिल्लो १/२ दिन देखि सामाजिक संजाल टिकटकमा सारी लाउने होडबाजी जस्तै देखिएको छ यो गीत ‘सारी लाउन’ सार्वजनिक भएपछि आमनारीहरुले टिकटकमा सारी लाएर भीडीयो पोस्ट गर्ने संख्या बढेको हो ।

प्रतिक्रिया