Bisal Chautari Logo

नेपाली चलचित्र ‘नाकछोङ’को युकेमा भब्य प्रदर्शन

- ७ श्रावण २०८२, मंगलवार २३:४८ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ श्रावण ६ मंगलवार।
नेपाली मौलिक संस्कृति र राई समुदायको परम्परागत मूल्यलाई आत्मसात गर्दै निर्माण भएको चलचित्र ‘नाकछोङ’ (बिजुवा) युकेमा विशेष प्रदर्शन गरिएको छ । ‘द आसफोर्ड सिनेमा’मा २० जुलाईमा आयोजित प्रदर्शनमा स्थानिय नेता, ब्यवसायी, भिआइपी, युके निवासी नेपाली लगायतको उल्लेख्य उपस्थिती थियो ।
चलचित्रको विशेष प्रदर्शनमा चलचित्रका तर्फबाट निर्माता ज्योतीराज राई सहभागी थिए । विशेष प्रदर्शनमा चलचित्र हेर्ने अधिकाम्सले चलचित्र मनपरेको प्रतिक्रिया दिए । कतिपयले कथा र चलचित्र मेकिङ’ राम्रो भन्दै तारिफ गरेको
निर्माता राईले बताए । चलचित्र प्रदर्शनको सम्पूर्ण व्यवस्थापन किरात राई यायोक्खा प्रा.का.स आसफोर्डद्वारा
गरिएको हो ।
चलचित्र अब बेलायतमा रहेका किरात राई यायोक्खाको सत्रवटै प्राकासमा प्रर्दशन गरिनेछ । चलचित्र युरोपको ५ स्थान र हङकङ, कोरिया, अष्ट्रेलिया, जापान, सिंगापुर, ब्रोनाई, मलेसिया लगायत स्थानमा समेत विशेष प्रदर्शन फिक्स भैसकेको निर्माता राईको भनाई छ ।
चलचित्रमा भुवन सिंह राई, यासेली योङहाङ, शुष्मा सुब्बा गुरुङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई, पूर्ण लिम्बु, त्रिचु राई, दिनेश कोइराला, हेम दिलुब्छा राई, उदय सुब्बा कुरुङबाङ, विनोद पोमो, तुलशा लिम्बु, मदन खोदूङ राई ,ससिता राई रसा लिम्वू , मीसन बान्तावा राई,सागर केरुङ, बबिन राई र बाल कलाकार जेशन राई लगायतको अभिनय छ ।
चलचित्र किरण राईले निर्देशन गरेका हुन् । किरणको यो निर्देशनमा तेस्रो चलचित्र हो । उनले यसअघि ‘लुङा’ र ‘जिउपंचौ’ निर्देशन गरेका थिए । चलचित्रमा लेखन समेत किरणकै छ पोपीराज राई निर्माता रहेको चलचित्रको
छायांकन बाबु श्रेष्ठले गरेका हुन् । राजन मुकारुङ र विष्णु किरातीको शब्द, दिनेशकाजी वान्तवा, अनिल कोई राईको संगीत रहेको चलचित्रको गीतमा नोगेन लिम्बु र परेस राईले स्वर दिएका छन् ।

फिल्मको मुख्य सहायक निर्देशक बारत लिम्बु रहेका छन् । कार्यकारी निर्मार्ता रमु श्रेष्ठ रहेको फिल्मको पटकथा
सम्पादन निर्देशक किरण र निर्माता ज्योतीराजले मिलेर तयार पारेका हुन् भने पास्र्व संगीत मोनिष निरौला, कलर अनिल राना, ध्वनि संयोजन र मिक्सिब सागर अर्यालको रहेको फिल्मका निर्माण नियन्त्रक दोय गिरीराज राई र कमल लिम्बु (सार्के) रहेका छन् ।
निर्माता ज्योतीराजले फिल्मको निर्माण आफ्नो परम्परा जोगाएर पुस्तान्तरण गर्नु रहेको बताए । हरेक चाड, विवाह,
कुलपितृ, मर्दापर्दा , रीति भेसभुषामा आवश्यक बिजुवा (नकछोब)को संरक्षणका लागि फिल्म निर्माण गरिएको हो ।
फिल्मको नेपाल प्रदर्शन मिति तोकिएको छैन । फिल्म स्वदेशी तथा विदेशी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा
प्रदर्शनपछि मात्र सार्वजनिक प्रदर्शनमा आउनेछ । निर्माता ज्योतीराजले यसअघि ‘लुङ्गा’, संगम, त्रिवेणी, पापी
मान्छे, वान वे प्रोडूसर , लगायत फिल्म का साथै चर्चित टिभी सिरिजहरु पनि निर्माण गरेका छन् ।

प्रतिक्रिया