Bisal Chautari Logo

मनोज ओलीले नयाँ र्‍याप सार्वजनिक

- २३ असार २०८२, सोमबार १४:४३ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ आषाढ २३ सोमवार।
र्‍यापर मनोज ओलीले नयाँ र्‍याप सार्वजनिक गरेका छन् । र्‍यापमा विद्यमान नेपाली समाजको हुबहु चित्रण छ ।

जुनसुकै ‘तन्त्र’ र ‘वाद’ आए पनि धनी झन धनी हुँदै गएको र गरिबका दुःख झन बढ्दै गएको यथार्थ चित्रण छ ।

गणतन्त्र आएपछि गरिबका दिन फर्किन्छन् भनेर राजनीति गर्नेहरू पनि सत्तामा पुगेपछि केही परिवर्तन नभएको नेपालको वास्तविकता र्‍यापमा सुन्न सकिन्छ ।

राजनीतिक दलले देखाउन नछोडेको आश्वासन र व्यवस्था फेरिए पनि नफेरिएको अवस्थालाई र्‍यापले जीवन्त रूपमा चित्रण गरेको छ ।

अन्ततः गरिब जनतालाई ढाल बनाएर गरिएको क्रान्तिपछिको परिवर्तनले एक छाक खान र न्यूनतम शिक्षा र स्वास्थ्यबाट पनि बञ्चित हुनु परिरहेको विद्यमान अवस्थालाई र्‍यापले चित्रण गरेको छ ।

भिडयोमा मुुकुन भुुसाललगायत कलाकारको अभिनय छ । भिडियो निर्देशन निकेश खड्काले गरेका छन् ।

प्रतिक्रिया