Bisal Chautari Logo

चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ‘विद्यालयस्तरका बालबालिकालाई देखाउनु उपयुक्त’: पाठ्यक्रम विकास केन्द्र

- १७ असार २०८२, मंगलवार २२:३१ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ आषाढ १७ मंगलवार ।
  नेपाली भाषा तथा नेपाली संस्कृतिको प्रवर्धन तथा श्रीवृद्धिमा योगदान दिने उद्देश्यले निर्माण गरिएको नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को निर्माण संस्थालाई नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरले एउटा पत्र प्रेसित गर्दै शुभकामना सन्देश पठाएको छ ।
पाठ्यक्रम विकास केन्द्रको समकक्षता तथा मूल्याङ्कन शाखाले यो फिल्मको निर्माण संस्था श्री पद्मा ईश्वर इन्टरटेनमेन्ट, बागबजारलाई ‘शुभकामना सम्बन्धमा’ विषयको पत्र पठाउँदै सफलताको शुभकामना अर्पण गरेको हो ।

पत्रमा भनिएको छ- ‘पद्मा ईश्वर ईन्टरनेट प्रालिद्वारा निर्मित नेपाली चलचित्र विशुद्ध नेपाली भाषा र संस्कृतिमा आधारित चलचित्र हो । यस्ता प्रकृतिका समाजमा सकारात्मक प्रभाव पार्ने चलचित्रहरुलाई राज्यका निकाय लगायत तथा सरोकारवाला समाजिक संघ–संस्थाले संरक्षण सम्वर्द्धन गर्नु पर्ने देखिन्छ । भविष्यका कर्णधार आजका बालबालिकाहरूलाई आफ्नो भाषा र संस्कृति प्रति गर्व गर्न तथा नेपाली हुनुमा उच्च सम्मान महसुस गराउने भएकोले विशेषतः विद्यालयस्तरका बालबालिकालाई यो चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई सरोकारवाला निकाइको अनुमति तथा स्वीकृति लिई देखाउनु उपयुक्त हुने देखिन्छ । देश र जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै एउटा सार्थक देशभक्तिपूर्ण चलचित्र निर्माण गर्नु भएकोमा निर्माण टिमलाइ विशेष धन्यवाद दिन ज्ञापन गर्छु ।’
यहि असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ मा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता परियार , देवराज राजबन्शी,भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।
अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ ।सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स ,कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी , सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।
दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको चलचित्रमा संगीत रहेको छ भने दिपक शर्मा , विल्सन विक्रम राई,शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ ।चलचित्रलाई आर आर फिल्मसले वितरण गर्दैछ।

प्रतिक्रिया