Bisal Chautari Logo

आदिवासी चलचित्र महोत्सवमा रुचाइयो ‘नाचुने जुन-तारा’ (फोटो फिचरसहित)

- ९ असार २०८२, सोमबार २२:०३ मा प्रकाशित

बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ आषाढ ९ सोमवार।
काठमाडौंमा जारी पाँचौ आदिवासी जनजाती चलचित्र महोत्स–२०८२ को पहिलो दिन बृत्तचित्र ‘नाचुने जुनतारा’ प्रदर्शन गरिएको छ । फोटो पत्रकार नविनबाबु गुरुङ निर्देशित बृत्तचित्र ‘नाचुने जुन तारा’मा गुरुङ समुदायमा कला संस्कृतिको पुस्तान्तरण कसरी भइरहेको छ भन्ने देखाइएको छ । २५ मिनेट लामो उक्त बृत्तचित्रमा गुरुङ समुदायको खुला संग्रहालय मानिने लम्जुङको भुजङ गाउँमा छायाँकन गरिएको छ । बृत्तचित्रमा बृद्धबृद्धाहरुले आफ्ना स–सना नानीहरुको कला संस्कृति जोगाउनका लागि पुस्तान्तरणको लागि गरिएको प्रयासलाई चित्रण गरिएको छ ।

उक्त बृत्तचित्रमा कथा अनिता गुरुङले लेखेकी हुन् भने निर्माण लम्जुङ पत्रकार आश गुरुङले गरेका हुन् । स्ट्रिट नेपालको व्यानरमा बनेका यस बृत्तचित्रलाई दर्शकले निक्कै रुचाएका थिए ।

आदिवासी जनजाती चलचित्र महासंघद्वारा आयोजित चलचित्र विकास बोर्डको सभाहलमा जारी महोत्सवमा १६ नेपाली, नर्वेका ३ र ताइवानको १ फिल्म प्रदर्शन हुनेछन् । सोही क्रममा उद्घाटनको दिन सागर केरुङ निर्देशित लिम्बु भाषाको ‘चे’, नवीनबाबु गुरुङ निर्देशित गुरुङ भाषाको नाचुने जुनतारा, ओम चरण अमात्य निर्देशित नेवार भाषाको ‘सिंकिङ सिभिलाइजेसन अफ काठमाण्डू भ्याली’ प्रदर्शन गरिएको छ ।

महोत्सवमा प्रदर्शन गरिएकोमध्ये ८ विधामा ती फिल्मलाई पुरस्कृतसमेत गरिने आयोजकले जनाएको छ । यस्तै, महोत्सवमा लुज सिंह निर्देशित नेवार भाषाको ‘साकिप्य’, राजबहादुर गुरुङ निर्देशित गुरुङ भाषाको ‘मि–थो’, मेकबहादुर पुन निर्देशित मगर भाषाको ‘ट्याङचलाक’, विश्वास मगर निर्देशित मगर भाषाको ‘खिल’ देखाइनेछन् ।

कमल एक्चै मगर निर्देशित ‘मगर चिनारी’, सन्चु थोकर निर्देशित तामाङ भाषाको ‘श्ह्मा पिन्वा’, विनायक तामाङ निर्देशित तामाङ भाषाको ‘ग्याल्बो राजा’ देखाइनेछ ।

रेणु चौधरी निर्देशित थारु भाषाको फिल्म ‘जितिया के सनेस’, दीपनारायण राजवंशी निर्देशित राजंवशी भाषाको ‘गां घर’, रत्ना गुरुङ निर्देशित गुरुङ भाषाको ‘सैर्व ट’, जनक गुरुङ निर्देशित गुरुङ भाषाको ‘ज्यूनी’, हिलारी बन्धु भुजेल निर्देशित भुजेल भाषाको ‘चो वो ल्यांम योङ्गहौ सम्मुख कर्म’ प्रदर्शन हुनेछन् ।

आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका ४ डकुमेन्टीको विशेष प्रदर्शन हुनेछ । फेस्टिभल आयोजनामा प्रतिष्ठान र चलचित्र विकास बोर्डले पनि सहकार्य गरेका छन् ।

महोत्सवमा उत्कृष्ट चलचित्र, निर्देशक, पटकथा, छायाँकार, लघु चलचित्र, वृत्तचित्र, पब्लिक च्वाइस र जुरी प्रोत्साहन विधामा पुरस्कार वितरण गरिने भएको छ । शुक्रबार सुरु भएको महोत्सव आइतबारसम्म चल्ने छ ।

काठमाडौंमा जारी पाँचौ आदिवासी जनजाती चलचित्र महोत्स–२०८२ को पहिलो दिन बृत्तचित्र ‘नाचुने जुनतारा’ प्रदर्शन गरिएको छ । फोटो पत्रकार नविनबाबु गुरुङ निर्देशित बृत्तचित्र ‘नाचुने जुन तारा’मा गुरुङ समुदायमा कला संस्कृतिको पुस्तान्तरण कसरी भइरहेको छ भन्ने देखाइएको छ ।

२५ मिनेट लामो उक्त बृत्तचित्रमा गुरुङ समुदायको खुला संग्रहालय मानिने लम्जुङको भुजङ गाउँमा छायाँकन गरिएको छ । बृत्तचित्रमा बृद्धबृद्धाहरुले आफ्ना स–सना नानीहरुको कला संस्कृति जोगाउनका लागि पुस्तान्तरणको लागि गरिएको प्रयासलाई चित्रण गरिएको छ ।

प्रतिक्रिया