Bisal Chautari Logo

‘ऊनको स्वीटर’ तेस्रो हप्तामा, दुई हप्तामा ८ करोड १० लाख ग्रस कलेक्सन

- १० जेष्ठ २०८२, शुक्रबार १५:३० मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,२०८२ जेष्ठ ९ शुक्रवार।
चलचित्र ‘ऊनको स्वीटर’ देशव्यापी रूपमा १२० भन्दा बढी शोसहित प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ । निर्माता संस्था आर्टमाण्डू नेपाल प्रा.ली.का अनुसार, चलचित्रले दुई हप्ताको अवधिमा घरेलु बक्स अफिसबाट ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक नभए पनि नेपाल बाहिर पनि चलचित्रले राम्रो व्यापार गरिरहेको बताइएको छ ।

नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रले रिलिजको पहिलो दिनदेखि नै दर्शकको मन जित्दै देशभरका हलहरूमा हाउसफुल शो दिँदै आएको छ । प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरिसक्दा पनि फिल्मले १२० भन्दा बढी शो पाइरहेको छ, जुन नयाँ चलचित्रहरू रिलिज भएका परिस्थितिमा पनि उल्लेखनीय मानिएको छ ।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ । दर्शकहरूले दमदार अभिनय, जीवन्त संवाद र प्रभावशाली निर्देशनलाई चलचित्रको बलियो पक्षको रूपमा उल्लेख गरेका छन् । दर्शकको स्वतन्त्र समीक्षाबाट समेत चलचित्रको सकारात्मक चर्चा बटुलिरहेको छ ।

प्रतिक्रिया