Bisal Chautari Logo

उमेश कुश्वारले जिते फेकन अध्यक्ष, यस्तो छ टीम (सूची)

- २८ बैशाख २०८२, आईतवार २१:४१ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ बैशाख २८ आइतवार।
स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल ९फेकन० को अध्यक्षमा उमेश कुश्वार निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न १४ औं साधारणसभापछिको निर्वाचनमा प्रतिस्पर्धी रामशरण ढकाललाई पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भएका हुन् ।

निर्वाचित भएपछि फेकनसम्द्ध सम्पूर्ण सदस्यसहित विदेशमा शिक्षा हासिल गर्ने नेपाली विद्यार्थीको हितका लागि आफू अहोरात्र लागिपर्ने प्रतिवद्धता कुश्वारले व्यक्त गरे । उनले आफूले अगाडि सारेका सम्पूर्ण प्रतिवद्धतालाई जसरी पनि पूरा गर्ने वचनवद्धता व्यक्त गरेका छन् ।
अध्यक्षबाहेकका अन्य पद प्रायः निर्विरोध निर्वाचित भएका छन् ।

हेर्नुहोस्, सूचीस्

अध्यक्ष– उमेश कुश्वार

उपाध्यक्ष– ओझा छवि विष्ट ९गगन०

महासचिव– दीपेन्द्र पोखरेल

सचिव– आरसी केसी

सचिव– आरके ढकाल

कोषाध्यक्ष– गौतम पुडासैनी

सहकोषाध्यक्ष– मञ्जु लामिछाने

कार्यकारिणी सदस्यहरु– मन्दिरा सिटौला ज्ञवाली, निराजन रोका, धिरज रायमाझी, निराजन शिवाकोटी, वैकुण्ठ उप्रेती, योगेन्द्र चौहान र रिजन मडै

प्रतिक्रिया