Bisal Chautari Logo

चलचित्र ‘रावायण’ को काठमाडौं बाहिर प्रमोसन सुरु

- ३ भाद्र २०८१, सोमबार १७:५९ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,
२०८१ भाद्र ३ सोमवार
  यही भदौ २१ गते रिलिज हुने चलचित्र ‘रावायण’ को काठमाडौं उपत्यका बाहिर लक्षित प्रमोसन सुरु भएको छ । उपत्यका बाहिरका प्रमुख सहरमा रहेका सार्वजनिक सवारी साधनमार्फत प्रमोसनको काम तिब्र रुपमा अगाडि बढाइएको छ ।
निर्माण पक्षका अनुसार नेपालगञ्ज, वीरगञ्ज, चितवन, विराटनगर, इटहरी, धरान, दमक र बिर्तामोडलगायतका स्थानमा रहेका करिब ४ सय अटो तथा ट्याक्सीमा चलचित्रको पोस्टर टाँसर प्रमोसनको काम सुरु गरिएको हो । ‘सार्वजनिक यातायात आम मानिससँग जोडिएका सवारी साधन हुन् । यी गाडीमा दैनिक संख्यामा हजारौं यात्रु ओहोरदोहोर गरिरहन्छन् । उनीहरुमार्फत चलचित्रलाई ग्रामीण भेगका दर्शकसम्म प्रचारप्रसारका लागि पुर्‍याउन सजिलो हुन्छ’, चलचित्रका निर्देशक सुदर्शन थापाले भने ।
चलचित्रको पोस्टर, टिजर र गीतले दर्शकमाझ राम्रो हाइप बनाइरहेको छ । नेपाली चलचित्रमा ‘लभर ब्वाई’, ‘चकलेटी हिरो’ को ट्याग पाएका नायक पल शाहलाई दर्शकले यो चलचित्रमा एक्सन अवतारमा हेर्न पाउनेछन् । चलचित्रमा उनको दोहोरो भूमिकामा रहेकाले पनि दर्शकमाझ चलचित्रप्रति उत्सुकता बढ्दो छ ।
सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको चलचित्रकी निर्माता पुजा शर्मा हुन् । चलचित्रमा सुशन पाठक कार्यकारी निर्माता छन् ।
चलचित्रमा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।
चलचित्रमा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।
चलचित्रको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।

प्रतिक्रिया