Bisal Chautari Logo

‘लाज शरणम्’को औपचारिक निर्माण घोषणा

- ४ श्रावण २०८१, शुक्रबार १७:२१ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ श्रावन ४ शुक्रवार ।
‘सक्किगोनि’ टिमका निर्देशक तथा कलाकार कुमार कट्टेलको जन्मदिनको अवसर पारेर चलचित्र ‘लाज शरणम्’को औपचारिक निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कायएक्रमका बीच चलचित्रको निर्माण घोषणा गरिएको हो ।

चलचित्रको निर्माण घोषणा कार्यक्रममा बरिष्ठ हास्य कलाकर हरिवंश आचार्य, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक प्रदीप भट्टराई, केदार घिमिरे, निर्मल शर्मा, दीपक आचार्य, सोम धिताल, विशाल भण्डारी, ओम प्रकाश अग्रवाल र वितरक मनोज राठी लगायतको उपस्थिति रहेको थियो ।

चलचित्रको निर्माण घोषणा कार्यक्रममा मिडिया हबका सञ्चालक सोम धिताललाई कदर-पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो । चलचित्रको मार्केटिङ ब्रान्डिङ पाटर्नरको रुपमा चलचित्रको घोषणा कार्यक्रममा नै एडी रिलिजसँग सम्झौता गरिएको हो । चलचित्रमा जिग्री पाँडे टिमका तर्फबाट कुमार कट्टेलले चलचित्रको लेखन तथा निर्देशन गर्नेछन् । चलचित्रमा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सहनिर्माताको रुपमा रहेका छन् ।

सुदीप बरालको छायांकन रहने चलचित्रमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणी नेपाल (खुपीका बाउ), माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भुमिका रहनेछ । यो चलचित्रबाट मुकुन्द श्रेष्ठ १२ वर्षपछि नेपाली चलचित्रमा कमव्याक गर्दैछन् । चलचित्रमा सक्किगोनि टिमबाट को-को कलाकार रहने तथा अन्य कलाकारहरु को-को रहने भन्ने विस्तारै सार्वजनिक गरिने जानकारी चलचित्रको घोषणा कार्यक्रममा जानकारी दिइयो ।

यही वर्षको फागुन १४ अर्थात् महाशिवरात्रीको अवसर पारेर चलचित्र प्रदर्शन ल्याउने तयार लाज शरणम् टिमको छ । चलचित्रको घोषणा कार्यक्रममा यो चलचित्र हरिवंश आचार्य, दीपाश्री निरौला, रंग पत्रकार प्रकाश सुवेदी लगायतले सफलताको शुभकामना दिएका थिए । यस्तै चलचित्रको घोषणा कार्यक्रममा लेखक तथा निर्देशक कुमार कट्टेलको जन्मदिन समेत सेलिब्रेसन समेत गरिएको थियो ।

प्रतिक्रिया