Bisal Chautari Logo

‘ईश्वर’ चलचित्रको गीत ‘पुरा भयो सपना मेरो’ सार्वजनिक

- ३० असार २०८१, शनिबार १३:०२ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, 
२०८१ आषाढ २९ शनिवार 
 आगामी साउन ११ गतेबाट रिलिज हुने चलचित्र ‘ईश्वर’को गीत ‘पुरा भयो सपना मेरो’ सार्वजनिक भएको छ । रवि ओड र बेनिशा पौडेलको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र राजेन्द्र बजगाईंको संगीत छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा चलचित्रका कलाकारद्वय ध्रुव थापा र कृष्टि गुरुङ फिचर्ड छन् । गीतमा ध्रुव र कृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ ।

राजु गिरी निर्देशित फिल्ममा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ ।

दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा हरिबहादुर थापाको निर्माण छ । चलचित्रमा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । चलचित्रमा लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता छिन् ।

चलचित्रमा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्रमा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । चलचित्रको वितरण आरआर फिल्मसले गर्दैछ ।

प्रतिक्रिया