बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ आषाढ १८ मंगलवार । नेपाली सांगीतिक क्षेत्रमा ‘राई इज किङ’ले परिचित गायक राजेशपायल राईलाई बेलायतको लण्डनमा भव्य स्वागत गरिएको छ ।
दुवईमा सफल सांगितिक यात्रा पश्चात् उनी लण्डन पुगेका हुन् । लण्डनको विमानस्थलमा उनलाई किरात याक्थुम चुम्लुङ युकेका केन्द्रीय उपाध्यक्ष खगेन्द्र लावती, केन्द्रीय महासचिव जुरेन्द्र खजुम, विदेशी विभाग प्रमुखकी कमला लिम्बुलगायतले स्वागत गरेका थिए ।
किरात याक्थुम चुम्लुङ युकेको आयोजनामा जुलाई १३ मा ‘राजेशपायल राई लाईभ कन्सर्ट’ हुँदैछ । उक्त कार्यक्रममा उनको विशेष प्रस्तुती रहने छ । कार्यक्रममा उनले आफ्ना नयाँ तथा पुराना गरी करिब ३० वटा चर्चित र लोकप्रिय गीतहरु गाउने छन् । जसमा सबैको मन जित्न सफल ‘मैले मायाले दिएको चिनो’, दर्शन नमस्ते, नाइ नभन्नु ल, मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइ देउन, मरुभूमि जस्तै छ यो जिन्दगी, यानी माया, दिक्तेल बजार’लगायतका गीत उनले छुटाउने छैनन् ।
उक्त लिम्बुहरुको विशेष चाड सिसेक्पा तङ्नामको अवसरमा रहेकाले प्रस्तुती पनि त्यसैलक्षित रहनेछ । त्यसकारण पनि यो कार्यक्रम ऐतिहासिक रहनेमा द्विमत नभएको अध्यक्ष नरविर आङ्बोले जानकारी दिए । कार्यक्रममा २० हजार बढी दर्शकको उपस्थिती रहने आयोजकको दाबी छ ।
नेपाली सांगीतिक क्षेत्रका एकमात्र मेगास्टार राजेशपायल राई वर्ल्ड टुरकै क्रममा लण्डन पुगेका हुन् । अब क्यानडाको यात्रा गर्नेछन् ।
प्रतिक्रिया