Bisal Chautari Logo

भक्तराज आचार्यको वायोपिक ‘आचार्य’ असार ७ बाट पदर्शनमा आउने

- ६ जेष्ठ २०८१, आईतवार १६:५७ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ जेष्ठ ६ आइतवार ।
 
आगामी असार ७ गतेबाट चलचित्र ‘आचार्य’ १३ वर्षपछि पुनः पदर्शनमा आउने भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्र पुनः प्रदर्शनको जानकारी दिइयो ।

गत फागुनमा निधन भएका गायक भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्रलाई नेपाल तथा विदेशमा एकसाथ प्रदर्शन गरिनेछ । नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिजले चलचित्र प्रदर्शन गर्नेछ ।

चलचित्रमा गायक आचार्यको भूमिकामा उनकै जेठा छोरा सत्यराज आचार्यले निवार्ह गरेका छन् । उनी चलचित्रका निर्माता पनि हुन् । पहिलो पटक चलचित्र रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः रिलिज गर्न लागिएको उनले बताए । यो बुबाप्रति ट्रिब्युट पनि रहेको उनको भनाई छ । उनका अनुसार, नयाँ चलचित्रजस्तै गरी रिलिज गरिनेछ । आगामी साता ट्रेलर रिलिज गरिँदैछ । असार ५ गते राजधानीमाचलचित्रको भव्य प्रिमियर शोको आयोजना गरिनेछ ।

प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको चलचित्रमा सत्यराजसहित सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल लगायतको पनि अभिनय छ । भजन शिरोमणी भक्तराज आचार्यलाई श्रद्धाञ्जली स्वरुप चलचित्र पुनः रिलिज गर्न लागेको छोरा स्वरुप राज आचार्यले बताए । ‘सायद त्यो बेला यो चलचित्रका लागि सही समय थिएन होला । अहिले एकदमै उपयुक्त समय लागेकाले चलचित्र पुन रिलि जगर्न लागिएका हो’, उनले भने ।

चलचित्रमा गायक आचार्यको जीवनका अनेक पाटाहरु केलाइएको छ । उनले पाएको सफलता, उनले गरेको संघर्ष र उनले भोगेका दुःखको कथामा चलचित्र निर्माण गरिएको छ । २०४६ सालमा सांघातिक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो । डाक्टरले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएको थियो । यसपछि उनको सुर र स्वर गुम्न पुग्यो । त्यो घटनालाई पनि यो चलचित्रले देखाउँछ ।

चलचित्रको पुन रिलिज घोषणा कार्यक्रममा संगीतकार लक्षण शेष, चेतन सापकोटा, बसन्त सापकोटा लगायतका थुप्रै सेलिब्रेटीको उपस्थिति रहेको थियो । चलचित्रको कार्यक्रममा उपस्थित अधिकांशले आचार्य पुनस् रिलिज गर्नु भजन शिरोमणीको लागि अर्थपूर्ण श्रद्धाञ्जली हुने बताए का थिए ।

चलचित्रको निर्माण टिमले दिएको जानकारी अनुसार चलचित्रको ट्रिमिङ्ग तथा पुन सम्पादनको काम टुल्की निर्देशक देवजंग थापाले गरेका हुन् । चलचित्रमा भजन शिरोमणी तथा बरिष्ठ गायक भक्तराज आचार्यको निधन पश्चातका फुटेजहरु पनि समावेश गरिएका छन् । यस पटक आफुहरुले दर्शकलाई पूर्ण रुपमा बायोपिक चलचित्र देखाउन खोजेको अभिनेता सत्यराज आचार्यले बताए । चलचित्रका निर्माता रोशन राई हुन् ।

प्रतिक्रिया