Bisal Chautari Logo

गायिका खुसी थुलुङको गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’ सार्वजनिक

- २७ चैत्र २०८०, मंगलवार १८:५७ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं
, २०८० चैत्र २७ मंगलवार
 गायिका खुसी थुलुङको गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीतिसङ्ग्रह सार्वजनिक गरिएको हो। गीतिसङ्ग्रहसँगै ‘प्रेमको अर्थ’ नामक म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

कार्यक्रममा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती प्रमुख अतिथिको रुपमा उपस्थित थिए । उनले सार्वजनिक गीतिसङ्ग्रहलाई सफलताको शुभकामना दिदै गीतसङगीत मन परेको प्रतिक्रिया दिए । ‘म गीतसङ्गीत धेरै बुझ्दिन तर राम्रो आवाज भएका, कला भएका सर्जकलाई प्रोत्साहन गर्न उपस्थित हुन्छु । खुसी बहिनीले गीतसङगीतलाई निरन्तरता दिएर अगाडि बढ्नु पर्छ, निकै सुमधुर स्वर रहेको छ’, पूर्वमन्त्री किरातीले भने ।

उनले गीतसङ्गीतले समाज र राजनीतिज्ञलाई सजिलै रुपान्तरण गर्न विचार राख्दै सर्जकलाई निरन्तर सिर्जना गरिरहन आग्रह समेत गरे । गायिका खुसीले आफ्नो पहिलो गीतिसङ्ग्रह सार्वजनिक समारोहमा पाएको माया, हौसला र प्रतिक्रियाले अगाडि बढ्न प्रेरित गर्ने बताइन ।

‘मेरो पहिलो प्रयासमा पाएको हौसलालाई आगामी दिनमा प्रयोग गर्ने छु । गीतसङ्गीतको नयाँ मान्छे तर यस्तै प्रतिक्रियाले मलाई निरन्तरता दिन र गन्तव्यमा पुग्न प्रोत्साहन दिन्छ’, गायिका खुसीले भनिन् । उनले सङ्ग्रहमा आठ गीत सङ्ग्रहित भएता पनि पहिलो गीत ‘प्रेमको अर्थ’ मात्र सार्वजनिक गरेकी छिन् । उक्त गीतमा क्रान्ति सुब्बाको शब्द र हरी लम्सालको सङगीत रहेको छ । गीतको भिडियोमा रुक्मान लिम्बू र करिश्मा श्रेष्ठले अभिनय गरेका छन् ।

प्रतिक्रिया