Bisal Chautari Logo

खोटाङमा पेस्तोल सहित पक्राउ परेका तीन लुटेरा सार्वजनिक

- २५ असार २०७१, बुधबार १५:२९ मा प्रकाशित


Three arrested, including pestol robber
भिम राई
खोटाङ, २०७१ असार, २५, बुधबार । पेस्तोल सहित पक्राउ परेका खोटाङका एक लुटेराको समुहलाई प्रहरीले सार्वजनिक गरेको छ । हतियार देखाएर रतन्छा–३ पिनालाखाका मनसेर भनिने हरिजङ्ग राईको सुन र नगद लुटेको आरोपमा पक्राउ परेका दिक्तेल नगरपालिका–६ का २७ वर्षीय सुवर्ण राई, दिक्तेल नगरपालिका–९ का १८ वर्षीय युवक राई र रतन्छा–३ का १८ वर्षीय दिपेन्द्र राईलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।Three arrested, including pestol robber

सुन र नगद लुटपाटमा संलग्न लुटेरालाई सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साह । तस्बिर : विशाल चौतारी डटकम

मुखमा कालो पट्टी बााधेर गएको ५/७ जनाको सो समुहले गत असार–१७ गते राती राईको सुनको सिक्री लुटेको पहिचान भएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले जानकारी दिएका छन् । पक्राउ परेका उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल, सोको दुई थान गोली, लुटिएको सुनको सिक्री र नगद तीन हजार रुपैयाा बरामद गरिएको प्रहरी नायव उपरीक्षक साहले बताए ।
लुटपाटपछि फरार रहेका उनीहरुको खोजी गर्नेक्रममा फरक–फरक ठाउामा पक्राउ परेका उनीहरुबाट पेस्तोल, लुटिएको सुन र पैसा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका उनीहरुले राईको दुई तोला सुन र ५० हजार नगद लुटेर लगेको स्वीकारेका छन् ।
घटनामा संलग्न अन्य दुई जनाको पनि पहिचान भइसकेको र उनीहरुलाई चााडै पक्राउ गरिने प्रहरी नायव उपरीक्षक साहले बताउनुभयो जानकारी दिएका छन् । घटनाका मुख्य योजनाकार रहेका सुवर्णले हरेक घटनामा फरक–फरक व्यक्तिलाई प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानले खुलाएको छ ।

प्रतिक्रिया