Bisal Chautari Logo

चलचित्र ‘दुःखी आत्मा’ मा आँचल शर्मा अनुबन्धित

- १६ माघ २०८०, मंगलवार १९:२९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० माघ १६ मंगलवार ।
चलचित्र ‘दुःखी आत्मा’को मुख्य भुमिकामा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छन् । लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने चलचित्रमा शर्मालाई निर्माण टिमले  मुख्य भुमिकामा अनुबन्धित गरेका हुन् । अभिनेता दयाहाङ राई यसअघिनै अनुबन्धित् भइसकेको फिल्मको निर्माता हिमाल कडरिया हुन् । आगामी चैत्रमा छायांकन गरिने ‘दुखी आत्मा’को स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया