Bisal Chautari Logo

चलचित्र ‘मायाका रंगहरु’को २ गीत रेकर्डिङ, मेचु र उर्गेनको संगीत

- १३ माघ २०८०, शनिबार १७:२४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० माघ १३ शनिवार।
छायांकनको तयारीमा रहेको चलचित्र ‘मायाका रंगहरु’को २ गीत शुक्रबार रेकडिङ्ग गरिएका छन् । दुई मध्ये एक गीतमा गायिका मेचु धिमालको शब्द, संगीत तथा स्वर रहेको छ । यो गीतमा उनलाई गायनमा नोगेन हारुसारुम्बा लिम्बुले साथ दिएका छन् । भने, अर्को गीतमा उर्गेन दोङको शब्द, संगीत र स्वर छ । यो गीतको गायनमा उनलाई द भ्वाइस अफ नेपाल सिजन ५ की मोनिका राईले साथ दिएकी हुन् ।

चलचित्रमा अभिनेता पल शाह र कुन्दन भारद्धाज, सुनिल थापा र बुद्धि तामाङ मुख्य भुमिका अनुबन्धित भैसकेका छन् । केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय  चलचित्रको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किममा सुरु हुनेछ । अहिलेसम्म  चलचित्रमा अभिनय गर्ने मुख्य अभिनेत्री टुङ्गो भने लागि सकेको छैन् ।

प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने  चलचित्रको छायांकन भारतको दार्जिलिङ, इलाम र काठमाडौंमा पनि गरिनेछ । पुनम तामाङ प्रस्तुतकर्ता रहको  चलचित्रको निर्माता आरबी थाङदेन हुन् ।  चलचित्रमा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

चलचित्रका सह-निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन् । चलचित्रको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् ।

प्रतिक्रिया