Bisal Chautari Logo

चलचित्र ‘आम नागरिक’ निर्माण घोषणा

- ११ माघ २०८०, बिहीबार २२:२० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० माघ ११ बिहिवार ।
केसित बाबु प्रोडक्सन हाउसको व्यानरमा चलचित्र ‘आम नागरिक’ बन्ने भएको छ । पुस्कर राउतको प्रस्तुतीमा निर्माण हुने चलचित्र को निर्माण पक्षले आधिकारिक फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख पात्रले शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको छ । पृष्ठभूमिमा कुनै सहरको दृश्य देखाइएको छ ।
विनयराज पौडेलको डेव्यु निर्देशकिय रहने चलचित्रको कलाकारहरुको हाल धमाधम छ्नोटका काम भइरहेको छ ।  
उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने फिल्मको आगामी बैशाखबाट छायांकन हुनेछ । चलचित्रको लेखन पनि स्वम निर्देशक कै रहेको छ।
दर्जन बढी चलचित्रमा मुख्य सहायक निर्देशकका रुपमा काम गरिसकेका विनयले केही म्यूजिक भिडियो र टेलिफिल्मको पनि निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया